राजनीतिले स्कुल तान्यो अभिनेत्री करिष्मा मानन्धरलाई

- साप्ताहिक संवाददाता

भाद्र २०, २०७४- 

अध्ययनलाई उमेरले छेक्दैन भन्ने कुरा पछिल्लो समय अभिनेत्री करिष्मा मानन्धरलाई हेरे पनि पुष्टी हुन्छ । उनी औपचारिक अध्ययनका लागि स्कुल भर्ना भएकी छिन् । कक्षा ७ मा पढ्दै गर्दा अभिनयमा प्रवेश गरेकी करिष्माले अध्ययनलाई त्यो समय चटक्कै छाडिन र फिल्मी संसारमै रमाईन् । तर, उनले यतिबेला त्यो अधुरो शिक्षालाई निरन्तरता दिदै कक्षा ९ मा अध्ययनका लागि भर्ना भएकी हुन् । 

गत वर्ष ग्यालेक्सी पब्लिक स्कुलवाट आठ कक्षा उत्तीर्ण गरेकी उनी यस वर्ष मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा भर्ना भएकी हुन् । पछिल्लो समय राजनीतिमा समेत सक्रिय करिष्माले नयाँ शक्तिका अध्यक्षको सल्लाहामा आफू औपचारिक शिक्षाको बाटोमा लागेको बताएकी छिन् । 

प्रकाशित :भाद्र २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्