असोज ११ मा छवि र शिल्पाको ‘मंगलम’ साईत

- साप्ताहिक संवाददाता

भाद्र २०, २०७४-

निर्माता छविराज ओझाको नयाँ चलचित्र ‘मंगलम’ असोज ११ गते प्रदर्शन हुने भएको छ । प्रदर्शनको २० दिन अघि मात्रै मिति तय गरिएको यो फिल्म वितरणको जिम्मा गोपाल कायस्थले लिएका छन् ।

आफ्नो निर्णयमा आफू अडिग रहेको बताउँदै निर्माता ओझाले भोलिबाट फिल्मको फस्टलुक र ट्रेलर रिलिज गर्ने जनाएका छन् । 

नवल नेपालले निर्देशन गरेको मंगलममा शिल्पा पोख्रेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाइको मुख्य भूमिका छ । यहि मितिमा दीपक दीपाको ‘छक्का पन्जा २’ पनि प्रदर्शनमा आउँदै छ ।

तस्विर स्रोत: अनलाईन खवर 

 

प्रकाशित :भाद्र २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्