जरीनको नयाँ अवतार

- एजेन्सी

भाद्र २०, २०७४-

अभिनेत्री जरिन खान पुन: एक पटक दर्शकमाझ आउन तयार छिन् । वीर शीर्षकको चलचित्रमार्फत बलिउडमा पदापर्ण गरेकी जरीनले हालसम्म सुपरहिट चलचित्र पाएकी छैनन् । केही वर्षअघि प्रदर्शन भएको चलचित्र हेट स्टोरीमा अत्यधिक अंग प्रदर्शन गरे पनि दर्शकले जरीनलाई नोटिस गरेनन् ।

यतिबेला उनको सम्पूर्ण ध्यान नयाँ चलचित्र अक्सर–२ मा छ । पहिलो चलचित्र प्रदर्शन भएको झन्डै ११ वर्षपछि निर्माण गरिएको यो सिक्वेल चलचित्रमा पनि जरीन कामूक अवतारमा देखापर्न लागि छिन् । भनिन्छ यो चलचित्रमा जरीनले प्रसस्त हट दृश्य दिएकी छिन् ।

दर्शक लोभ्याउने जरीनको यो अस्त्रले पनि काम गरेन भने उनको अभिनय करियरमा पूर्णविराम लाग्न सक्ने समिक्षकहरूको अनुमान छ ।  

 

प्रकाशित :भाद्र २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्