नेपालका उत्कृष्ट तीन

- साप्ताहिक संवाददाता

भाद्र १९, २०७४-

पछिल्लो समय नेपाली राष्ट्रिय टिममा लगातार स्थान बनाउने काम गरिरहेका छन्, उमेर समूहको फुटबलबाट अघि बढेका खेलाडीहरूले । लामो समयदेखि लिग पनि नभएको हुँदा उमेर समूहबाट अगाडि आएका खेलाडीले नै राष्ट्रिय टिममा अवसर पाउने गरेका छन् ।

तय छ, यसपटक साफ यू–१५ मा सहभागी खेलाडीहरूले नै ढिलो चाँडो राष्ट्रिय टिममा स्थान बनाउन सफल हुनेछन् । यसपटकको प्रतियोगितामा नेपालका लागि उत्कृष्ट खेल प्रस्तुत गर्ने तीन खेलाडी बिर्जेस चौधरी, रोशन रानामगर तथा सादीप पौडेल रहे । विश्वास गर्न सकिन्छ, खेलस्तरलाई निरन्तरता दिनसके उनीहरूले राष्ट्रिय टिमबाट खेल्न अवसर प्राप्त गर्नेछन् । 

बिर्जेस चौधरी

सप्तरीका यी फरवार्डको सबैभन्दा ठूलो विशेषता हो, उचाई । दस नम्बर जर्सी लगाएर खेल्ने बिज्रेस आफ्नो अग्लो कदको फाइदा उठाउन माहिर छन् । उनले यसपटकको प्रतियोगितामा नेपालका लागि तीन गोल गरे । चौधरी निकै मेहनति खेलाडी हुन् र उनको खेलको सबैभन्दा ठूलो विशेषता हो, फस्र्ट टच खेल । 

सन्दीप पौडेल

यसपटकको साफ यू–१५ च्याम्पियनसिपले पाएको राम्रा खेलाडीमध्ये अर्का खेलाडी हुन्– सन्दीप पौडेल । कास्कीका यी खेलाडी डिफेन्डरका रूपमा प्रस्तुत भएका थिए र उनले आफूलाई उक्त भूमिकामा सफल सिद्ध गरे । पौडेलको खेलको सबैभन्दा राम्रो पक्ष विपक्षी खेलाडीबाट बल खोस्न सक्नु हो । 

 

रोशन रानामगर

मिडफिल्डबाट खेलेर कसैले खेल बनाउने मात्र होइन, गोल पनि गर्न सक्छ भने उ पक्कै उपयोगी सावित हुन्छ टिमका लागि । यस्तै खेलाडी हुन्, सुर्खेतका रोशन रानामगर । रोशनले मैदानको मध्य भागमा रहेर नेपालका लागि खेल निर्माणको काम त गरे नै, प्रतियोगितामा दुई गोल समेत हाने । रोशन अझै किशोर उमेरमा छन्, तर उनको खेल उत्तिकै परिपक्व छ । रोशन आक्रमणमा पनि राम्रा छन् भने रक्षापंक्तिमा पनि त्यत्तिकै उत्कृष्ट खेल प्रदर्शन गर्न सक्छन् । 

 

प्रकाशित :भाद्र १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्