‘मेला’मा पुगेर परिचय माग्दै नायिका पवित्रा

- साप्ताहिक संवाददाता

भाद्र १९, २०७४- 

प्रदर्शन मिति घोषणासँगै चलचित्र ‘मेला’मा समावेश एक गीतको भिडियो सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार, निर्माता–निर्देशक तथा सूचना तथा संचारमन्त्रीको उपस्थितीमा उक्त गीत सार्वजनिक गरिएको हो ।

यो चलचित्र कात्तिक २४ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । बसन्त निरौला निर्देशित चलचित्रमा सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, निरज श्रेष्ठको मुख्य भूमिका छ ।

तर, सार्वजनिक गीत ‘परिचय पाउ’मा भने नायक गजित बिष्ट र नायिका पवित्रा आचार्यले नृत्य गरेका छन् । चलचित्रमा यी दुइ अतिथी कलाकारका रुपमा देखा पर्ने छन्  ।

कार्यक्रममा बोल्दै निर्देशक बसन्त निरौलाले आफूहरुले ‘मेला’लाइ एउटा उत्कृष्ट चलचित्र बनाउने कोशिश गरेको बताए । आफ्ना यस अगाडिका ४ वटा चलचित्र भन्दा यो चलचित्र विशेष बनेको उनको भनाइ थियो । यस्तै, नायिका अशिष्मा नकर्मीले ‘मेला’मा आफूहरुले निकै मिहिनेत गरेको बताउादै सलोन, आमेष र आफ्नो जोडी सुहाएको बताइन् ।

नायक आमेष भण्डारीले भने एउटा उत्कृष्ट चलचित्र बनाउने प्रयास गरिएको बताए । ‘फूलै फूलको मौसम तिमीलाइ’पछि आफू अभिनित दोश्रो चलचित्र ‘मेला’ भएकाले पनि विशेष रहेको आमेषको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथी सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले ‘मेला’मा दर्शकको बाक्लो उपस्थिती रहोस् भन्दै शुभकामना दिएका थिए ।

सार्वजनिक गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, अर्जुन पोख्रेलको संगीत, दिग्गज धुरालीको शब्द छ । यो चलचित्रमा पवित्रा आचार्यको कोरियोग्राफी, दिव्य सुवेदीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, अष्ट महर्जनको एक्सन छ । हरि पन्तको प्रस्तुतीमा तयार भएको चलचित्रमा मनोज के मरोडियाको लगानी छ । चलचित्रमा हरि पन्तकै कथा, पटकथा, संवाद तथा सह–निर्देशन छ ।  

सार्वजनिक गीतको म्यूजिक भिडियो 

प्रकाशित :भाद्र १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्