रहेसम्म तिमीसंगको म्यूजिक भिडियो

- साप्ताहिक संवाददाता

भाद्र १९, २०७४-

गायक प्रमोदराज न्यौपानेले एक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । उनले आफ्नो एल्वम ‘मेरो घरको छाँनो’मा समावेश ‘रहेसम्म तिमीसंग’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । रोमान्टिक पप गीतको भिडियो लन्डन नजिकैको समुद्री किनार र कन्ट्री साइडमा छायांकन गरिएको छ । 

रोशना कार्की र टंक धमला भिडियोमा जोडीका रुपमा प्रसतुत भएका छन् । बेलायतकी ब्युटिसियन बिना राई र दिपिका श्रेष्ठको मेकअप र काजल काजलको ड्रेस डिजाइन छ ।

शब्द रचना युरान र संगीत सागर किनारको रहेको उक्त गीतको भिडियो निर्देशन कान्तिपुर टिभीका बेलायत सम्वाददाता तथा भिडियो निर्देशक कुशल श्रेष्ठले गरेका छन् । छायांकन तथा सम्पादन समेत कुशलको नै रहेको छ ।

रहेसम्म तिमीसंगको म्यूजिक भिडियो 

 

प्रकाशित :भाद्र १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्