प्रियंकाको उपलब्धि

- एजेन्सी

भाद्र १८, २०७४-

अभिनेत्री प्रियंका चोपडालाई चिनाउन कुनै विशेषणको आवश्यकता पर्दैन । बलिउडदेखि हलिउडसम्म आफ्नो प्रभाव छाड्न सफल प्रियंकाले सामाजिक कार्यमा समेत उत्तिकै प्रभावकारी काम गरिसकेकी छिन् ।

यसबीच प्रियंकाले अर्को एउटा अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेकी छिन् । प्रियंकाले हालै सार्वजनिक गरिएको लिन्कडिन पावर प्रोफाइल्स लिस्ट अफ २०१७ मा पहिलो पटक आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।

अघिल्लो साता प्रोफेसनल नेटवर्किङ साइट लिन्कडिनले चौथो संस्करणको पावर प्रोफाइल सार्वजनिक गरेको हो, जसमा भारतका प्रोफेसनलहरूका सर्वाधिक हेरिएका प्रोफाइलहरू समावेश छन् । प्रियंका चोपडा उक्त सूचीमा आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपछि दोस्रो स्थानमा पुर्‍याउन सफल भएकी हुन् ।  

 

प्रकाशित :भाद्र १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्