आमाको मायाको चर्चा

- एजेन्सी

भाद्र १८, २०७४-

ब्राजिलकी एक आमाले आफ्नै विवाह समारोहमा आफ्नो तीन महिने शिशुलाई स्तनपान गराएको दृश्य अहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल भैरहेको छ ।

२४ वर्षीया ड्यानिली कात्सुइले प्रेमी काले रिओससँग विवाह गर्दा आफ्नो तीनमहिने शिशु कावालाई स्तनपान गराएको क्षणलाई फोटोग्राफर मोनिका कार्भाल्होले आफ्नो क्यामेरामा कैद गरेकी थिइन् ।

विवाहजस्तो जीवनकै अविस्मरणीय पलमा पनि एक आमाले आफ्नो सन्तानलाई कत्ति माया गर्छिन् भन्ने कुराको झलक पाएपछि मोनिकाले उक्त तस्बिरलाई इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।

‘आमाका लागि समय र स्थानको महत्व हुँदैन’ शीर्षकमा पोस्ट गरिएको उक्त तस्बिर केही क्षणमै भाइरल भएको थियो । धेरैले त्यसमा राम्रो तस्बिर भन्ने प्रतिक्रिया दिए । मोनिका भन्छिन्– यो तस्बिरलाई लिएर कस्तो प्रतिक्रिया आउला भनेर मलाई डर लागिरहेको थियो, तर राम्रो प्रतिक्रिया आएपछि मैले आफूले ठिक काम गरेको महसुस गरेकी छु ।  

 

प्रकाशित :भाद्र १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्