मानसिक तनावमा योग

- साप्ताहिक संवाददाता

भाद्र १८, २०७४-

 

 

लोकनाथ खनाल

योग प्रशिक्षक, 

पतञ्जली योग समिति

 

 योग सबै रोगमा उपयोगी हुन्छ ।

 

 योगले सक्रिय जीवनशैलीमा उत्पन्न हुने शरीरको रोग होस् वा मनको रोग दुवैलाई ठीक गर्छ ।

 

 श्वासको लयबद्धतामा ध्यान दिएर गरिने व्यायामले औषधीको काम गर्छ ।

 

 सूर्य नमस्कारको अभ्यास तनाव शारीरिक होस् वा मानसिक दुवैमा उपयोगी हुन्छ ।

 

 थकान, तनाव एवं अशान्ति दूर गर्न जगिङ तथा सूर्य नमस्कारपश्चात् शवासन गर्ने ।

 

 शवासनमा शरीरलाई शव (लास) जसरी शिथिल छाड्ने ।

 

 शरीरका कुनै पनि अंगमा बल प्रयोग नगर्ने ।

 

केवल मनले श्वासको आवागमन हेर्ने ।

 

शरीरको गोडाको औंलादेखि शिरसम्म सजग भएर र साक्षी भएर हेर्ने ।

 

प्राणायामको अभ्यास गर्ने ।

 

कपालभाति, अनुलोम–विलोम, भ्रामरी, उद्गिथ आदि गर्ने ।

 

भ्रामरीको अभ्यास धेरैभन्दा धेरै गर्ने, जसले कम्पन पैदा गरेर मस्तिष्कको रसायनमा प्रभाव पार्छ ।

 

ॐकारको ध्वनि निकाल्ने ।

 

 यसबाहेक शशकासन, शीर्षाशन, पश्चिमोत्तान भुजङ्गासन, ताडासन, मत्स्यासन आदि गर्न सकिन्छ ।

 

प्रकाशित :भाद्र १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्