३६५ जनाले गाएको एउटै गीतसार्वजनिक

- साप्ताहिक संवाददाता

भाद्र १८, २०७४- 

विश्वमै पहिलो पटक ३६५ जना गायक गायिकाले संयुक्त रुपमा गाएको गीत शनिबार सार्वजनिक गरिएको छ । काठमाडौंको आर्मी अफिसर क्लबमा आयोजित एक कार्यक्रममा ‘मिलनकोली’ शिर्षक दिइएको उक्त गीत सार्वजनिक गरिएको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रकवी माधवप्रसाद घिमिरेलगायतको उपस्थितिमा सार्वजनिक गरिएको उक्त गीतमा राष्ट्रकवी घिमिरेदेखि नेपालका ख्याती प्राप्त गायक गायिका एवम् सङ्गीतकर्मी कलाकारहरुको स्वरमा रहेको छ ।

वातावरणसम्बन्धी चेतनामूलक ‘मिलानकोली’ नामक गीत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा २०७३ जेष्ठ ०६ गते विहिबार रेडियो नेपालको स्टुडियो सिंहदरबारमा एकै दिन रेकडिङ्ग गरिएको थियो । 

वातावरण संरक्षणको विषयलाई उठान गरी तयार पारिएको उक्त गीतमा शब्द तथा सङ्गीत निपेश ढाकाको रहेको छ ।  

एउटै गीतमा ३६५ जना गायक गायिकाहरूले स्वरांकन गरेको पहिलो गीत भएको र अहिलेसम्म विश्वमा कतै पनि यो प्रयास नगरिएकोले यो गीत गिनिज बुक अफ द वल्र्डमा रेकर्ड हुने सङ्गीतकार निपेश ढाका बताउँछन् । 

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले वातवरण सम्बद्र्धन र संरक्षणका लागि सुरु गरिएको यो अभियान उत्कृष्ट भएको भन्दै सलफताको कामना गरेकी थिइन् । 

 

प्रकाशित :भाद्र १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्