आक्रामक व्यापारमा ए मेरो हजुर २

- साप्ताहिक संवाददाता

भाद्र १८, २०७४-

नायिकाका रुपमा नेपाली रंगीन दुनियाँ सफल नायिका झरना थापा चलचित्र निर्देशनमा पनि सफल दरिएकी छिन् । लामो समय नेपाली सिनेमामा बिताएकी झरनाले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’ले प्रदर्शनको दोस्रो दिनमा नै देशभरका सिनेमा घरबाट १ करोड ६० लाख ३० हजार ग्रस कलेक्सन गरेसँगै झरनाको निर्देशकिय क्षमताको पनि चर्चा सुरु भएको छ ।  

यो चलचित्रले शनिबार राजधानीका हलबाट मात्रै  ८७ लाख, ७५ हजार कलेक्सन गरेको चलचित्र निर्माण युनिटले जनाएको छ । शनिबार राजधानी बाहिरका हलबाट  ७२ लाख, ५५ हजार कलेक्सन गरेको यो फिल्मले शुक्रबार  ७८ लाख ७१ हजार कलेक्सन गरेको थियो । अहिलेसम्म फिल्मले २ करोड ३९ लाख १ हजार कलेक्सन गरेको बताईएको छ । 

हिन्दि चलचित्र ‘बादशाहो’लाई छायाँमा पार्दै राम्रो प्रतिकृया सहित प्रदर्शनमा रहेको चलचित्र आज विहान पनि हाउसफुल शो भैरहेको निर्माण पक्षले जनाएको छ । आज ईदको विदामा परेकाले ‘ए मेरो हजुर २’ले आक्रामक व्यापारलाई निरन्तरता दिने निर्माता सुनिल कुमार थापाको दाबी छ । 

सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुावर, बुद्धि तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् । हरिहर अधिकारीको कथा लेखन रहेको चलचित्रमा संजय लामाको छायाँकन तथा सामिप्यराज तिमेल्सिनाको पटकथा रहेको छ ।

 

 

प्रकाशित :भाद्र १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्