एकै मञ्चबाट २ पुस्ता सार्वजनिक

- साप्ताहिक संवाददाता

भाद्र १८, २०७४-

प्रेमध्वज प्रधान नेपाली गीतसंगीका क्षेत्रमा एउटा यस्तो नाम हो, जून नामले नेपाली गीतसंगीतको ठूलो हिस्सालाई प्रतिनिधित्व गर्छ । लामो समय नेपाली गीतसंगीतका क्षेत्रमा बिताएका संगीतकर्मी प्रधानले ८० वर्षको उमेर पार गरेपछि गाएका केहि गीत यसै साता राजधानीमा सार्वजनिक भएका छन् ।

प्रधानकै स्वर तथा संगीत रहेको गीतिएल्वम ‘प्रेमगीत’ यसै साता बिन्धवासिनी म्यूजिकले बजारमा ल्याएको हो । नेपाली गीतसंगीतको स्तरबृद्धिका लागि क्रियासिल म्यूजिक कम्पनी बिन्धबासिनीले स्रष्टाको ठूलो जमघटकाबीच प्रधानको ‘प्रेमगीत’ सार्वजनिक गरेको हो । 

प्रधानसँगै नेपाली गीतसंगीतको पछिललो दशकको प्रतिनिधित्व गर्ने गायक रुपक डोटेलको ‘सानु’एल्वम पनि सार्वजनिक भएको छ । गायक डोटेलको एल्वम पनि सोहि मञ्चबाट एकै दिन सार्वजनिक गरिएको थियो । बसन्त सापकोटाको शब्द संगीत रहेको गायक डोटेलका ‘सानु’भित्रका ३ गीत तथा प्रधानको एल्वम ‘प्रेमगीत’भित्रको एउटा गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । 

प्रेमध्वज प्रधानको एक गीतको म्यूजिक भिडियो 

 

प्रकाशित :भाद्र १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्