‘विश्वभरका मोस्ट वान्टेड नेपाली’को लेख सूचनामूलक

- साप्ताहिक संवाददाता

भाद्र १७, २०७४- 

विश्वभरका मोस्ट वान्टेड नेपालीसम्बन्धी लेख सूचनामूलक लाग्यो । सरकारले यस्तो प्रवृत्ति न्यूनीकरण गर्ने कदम चालोस् ।

- राम राना

राजनीति र पत्रकारिता बेग्ला–बेग्लै कुरा हुन् (यात्रा सन्दर्भ : प्रश्नचिह्न पत्रकारहरूको व्यवसायिकतामा) । पत्रकारितामा राजनीतिको छायाँ पर्नु राम्रो होइन । व्यवसायिक पत्रकारहरूले राजनीतिको खोल ओढ्नु भएन ।

- सुमन जोशी

निर्देशनमा पनि दिया मास्के सफल हुनेछिन् भन्ने आशा छ (अन्तर्वार्ता : युवा पुस्ता एक्सपोजर चाहन्छ) । दियालाई छिट्टै नयाँ चलचित्रमा समेत 

हेर्न पाइयोस् । 

- विनोद काफ्ले

प्रमुख सहरहरू मात्र होइन, विकट ठाउँहरूमा समेत फारम बुझाउन पाइयोस् (रोजगार : प्रहरी सेवा : जवानदेखि निरीक्षकसम्म अवसर) । यसमा सहरी क्षेत्रबाहेक दुर्गम क्षेत्रका नागरिकहरूले पनि अवसर पाऊन् । 

- जय महत

मानिस चाहिने भनेकै विपत्तिका बेला हो (गजुरियल विश्लेषण : स्वयंसेवीलाई उत्साहित गरौं) यस्तो बेला सहयोगी एवं स्वयंसेवीहरूलाई उत्साह प्रदान गर्नैपर्छ । 

- सुदन सुवेदी

यो सामग्री उपयोगी लाग्यो (साइन्स एन्ड टेक्नो : मोबाइल फोन भिज्यो ? अब के गर्ने ?) यो धेरैले भोग्ने समस्या हो । यी टिप्स काम लाग्ने खालका छन् । 

- विभिसा शाक्य

रेखा थापालाई जन्मदिनको बधाई  (३६ की रेखा) । अझै राम्रा चलचित्र लिएर आउनुहोस्— शुभकामना । 

- सुनिल श्रेष्ठ

गायक दीप श्रेष्ठ धन्यवादको पात्र हुनुभएको छ (बाढीपीडितलाई दीप) । अन्य कलाकारहरूले पनि यसरी नै सहयोग गरून् । 

- सबिना क्षेत्री

नेपाल आइडलबाट बाहिरिए पनि सुरजले धेरैको मन जितेका छन् (म्युजिक डायरी : बाहिरिए सुरज) । एवार्ड हात पार्नुभन्दा श्रोताहरूको मन जित्नु ठूलो कुरा हो । 

- अशोक सुवेदी

आशिष राना लाहुरेको जीवनशैली रोचक लाग्यो (चर्चामा : हिपहपका लाहुरे) । उनले सार्वजनिक गरेको एल्बम ‘चुप लाग’ ले सफलता पाओस्— शुभकामना ।

- रुपेश मगर

यी भिखारी त अचम्मका पो रहेछन् (लखपति भिखारी) । काम गरेर खान गाहो छ, तर मागेर लखपति भएको कुरा पढेर अचम्मै लाग्यो । 

- सरोज काफ्ले

किताब चोरसम्बन्धी रोचक लेख पढ्न पाइयो (समय सन्दर्भ : म चोर हुँ) । यद्यपि पुस्तक लाइब्रेरीबाट लिएर पनि पढ्न सकिन्छ । फिर्ता दिने सर्तमा साथीभाइहरूसँग पनि माग्न सकिन्छ, यति सानो कुरा चोर्नै पर्दैन । 

- हीरा पौडेल

बधाई छ गौरीका सिंहलाई (विवादका बीच गौरकामाय राष्ट्रिय पौडी) । अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि जित हात परोस्— शुभकामना ।

- निर्णय तन्डुकार

सबैको भाग्यमा विवाह कहाँ लेखेको हुन्छ र कोमल दिदी (अन्तर्वार्ता : महादेवले साइत जुराएको दिन बिहे हुन्छ) ? अब त पोइल जान पाम भन्ने कुरा पनि गीतमै सीमित हुने भयो ।

- सरोज खत्री

प्रजिता पाठकलाई बधाई छ (मिस टिन पूर्वाञ्चल) । क्षेत्रीय प्रतियोगिताहरूमा मात्र होइन अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि अगाडि आउनुपर्छ ।

- लीला श्रेष्ठ

अचम्मको खबर पढ्न पाइयो (डिम्ब सुरक्षित गर्दै चिनियाँ युवती) । तर, विदेशमै किन राखे ? खुल्दुली लाग्यो ।

- काजी राई

वियर पिउने युवतीको स्वभाव अचम्मको हुँदा रहेछ (वियर पिउने युवतीका स्वभाव) । सपिङभन्दा वियर मन पराउने युवतीहरू देखावटी नहुने रहेछन् ।

- अनिस भण्डारी

डेजर्टको मूल्य २५ हजार डलर ? (पत्याउनुहुन्छ ? महँगो परिकार बनाउने रेष्टुराँ) । अचम्म लाग्यो ।

-  निर्णय तन्डुकार 

प्रकाशित :भाद्र १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्