रुपैयाँको शिर्ष गीत

- साप्ताहिक संवाददाता

भाद्र १६, २०७४-

गीतकै कारण चर्चामा रहेको चलचित्र ‘२ रुपैयाँ’को नयाँ गीत सार्वजनिक भएको छ । आगामी भदौ २३ गते प्रदर्शन हुन लागेको चलचित्र ‘२ रुपैयाँ’ को २ रुपैयाँ बोलकै गीत सार्वजनिक भएको हो । सङ्गीतकार रोहित शाक्यद्वारा सिर्जित तथा निर्मित गीतमा चर्चित र्‍याप गायकहरू लाउरे र एड्रेले स्वर दिएका छन् ।

सार्वजनिक गीतमा चलचित्रका प्रमुख कलाकारहरू निश्चल बस्नेत र आशिफ शाह पनि देखिएका छन् । 

चलचित्रका निर्देशक असिम शाहले नै म्युजिक भिडियोको निर्देशन गरेका छन् ।

गीतको छांयाकन हरि हुमागाईंले गरेका हुन् भने सम्पादक लोकेश बज्राचार्यले गरेका छन्  । चलचित्रको ‘कटुमा कुटु’बोलको गीतले निककै चर्चा पाएको छ । 

दुई रुपैयाँको म्यूजिक भिडियो 

 

प्रकाशित :भाद्र १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्