फेरि नाटकमा नम्रता

- साप्ताहिक संवाददाता

भाद्र १६, २०७४-

चलचित्र अभिनेत्री नम्रता श्रेष्ठ फेरि एकपटक रंगमञ्चमा प्रस्तुत हुँदै छिन् । यसअघि तीनवटा नाटकमा अभिनय गरिसकेकी नम्रता यसपटक सन् १९३७ को चर्चित अमेरिकी नाटक गोल्डेन ब्वाइमा मुख्य भूमिका निर्वाह गर्दैछिन् ।

आज शुक्रबारदेखि १० दिनसम्म त्रिपुरेश्वरस्थित युडब्ल्युटिसीको छैटौं तल्लामा रहेको कर्मा बार एन्ड लाउञ्जमा हरेक दिन मञ्चन हुने नाटक गोल्डेल ब्वाइमा नम्रताका साथ अभिनेता अमृत दाहालले मुख्य भूमिका निर्वाह गरेका छन् ।

यो नाटकलाई अमेरिकी रंगकर्मी डेबोरा मेरोलाले निर्देशन गरेकी हुन् । नम्रता श्रेष्ठको प्रोडक्सन हाउस हाइली हाई इन्टरटेन्मेन्ट तथा वान वल्र्ड थिएटरको प्रस्तुतिमा मञ्चन हुन लागेको नाटक गोल्डेन ब्वाइमा नम्रता र अमृतका अतिरिक्त राजकुमार पुडासैनी, दिव्य देव आदि कलाकारहरूको समेत महत्वपूर्ण भूमिका रहनेछ । 

 

प्रकाशित :भाद्र १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्