आजबाट प्रदर्शनमा ए मेरो हजुर टु

- साप्ताहिक संवाददाता

भाद्र १६, २०७४-

निर्देशक : झरना थापा संगीत : बसन्त सापकोटा कलाकार : साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानियाँ, सलोन बस्नेत, बुद्धि तामाङ, विल्सनविक्रम राई, अनुराग कुँवर आदि ।

झन्डै दुई दशकअघि अभिनेता श्रीकृष्ण श्रेष्ठसँग अभिनेत्री झरना थापाले चलचित्र ए मेरो हजुरमा अभिनय गरेकी थिइन् जसका निर्देशक थिए निर्देशक शिव रेग्मी र निर्माता थिए झरनाकै श्रीमान् सुनिलकुमार थापा । त्यही शीर्षकमा टु थपेर अहिले निर्माण भएको चलचित्र ‘ए मेरो हजुर’का निर्माता सुनिलकुमार थापा नै हुन् भने निर्देशकचाहिँ त्यति बेलाकी नायिका झरना थापा ।

थापाले निर्देशन गरेको पहिलो चलचित्र ‘ए मेरो हजुर टु’ मा अहिलेको पुस्ताको प्रेमकथा समेटिएको छ जसमा साम्राज्ञी र सलिनमानको केमेस्ट्री हेर्न पाइन्छ । चलचित्र ए मेरो हजुर टुका गीत तथा ट्रेलर दर्शकहरूले निकै मनपराइरहेका छन् । त्यसैले दर्शकहरू झरना थापाको निर्देशनको यो चलचित्रको प्रतीक्षा व्यग्रताका साथ गरिरहेका छन् । चलचित्र ‘ए मेरो हजुर टु’ आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आउनेछ ।  

 

प्रकाशित :भाद्र १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्