प्रमोदको तैं मोरीको माया सार्वजनिक

- साप्ताहिक संवाददाता

भाद्र १५, २०७४-

गायक प्रमोद खरेलको नयाँ गीत ‘तैं मोरीको माया छ’ को भिडियो सार्वजनिक भएको छ । अविनाश थापाका शब्दको यो गीतलाई आशिष अविरलले संगीतबद्ध गरेका हुन् ।

भिडियोमा किशोरावस्थामा बस्ने मायालाई आकर्षक ढंगले चित्रण गरिएको छ । युवराज वाइवाले उक्त भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा सुधिर र पूजाले अभिनय गरेका छन् ।

निर्देशक वाइवाले भिडियोमा दुधवालाको प्रेमलाई दर्शाउन खोजेका छन् । निशान घिमिरेले यो भिडियो सम्पादन गरेका हुन् । गायक खरेलको आफ्नै आधिकारिक यूट्युब च्यानलबाट यो भिडियो सार्वजनिक गरिएको हो ।

यस्तो छ तैं मोरीको माया छ को म्युजिक भिडियो  

 

 

प्रकाशित :भाद्र १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्