बियर योग

- एजेन्सी

भाद्र १५, २०७४-

योगको यो स्वरूपलाई धेरै मानिसले मन पराइरहेका छन्, जो योगको फाइदा बियरको मजासँग लिन चाहन्छन् । 

बियर पिउँदै योग गर्नु एउटा नयाँ चलन हो । यो चलन जर्मनीको बर्लिन सहरबाट प्रारम्भ भएको हो । दुई जना योग ट्रेनर एमिली र जुलाले मिलेर सन् २०१६ को सुरुवातमा ‘बियर योग’ को सुरुवात गरेका थिए । बर्लिनबाट सबैभन्दा पहिले अस्ट्रेलिया पुगेको यो चलन त्यसको ६ महिनामै पर्याप्त चर्चा बटुल्न सफल भयो । यसलाई अरू कैयौं देशमा पनि मन पराइएको छ । 

बियर योगकी फाउन्डर एमिली मान्छिन्— आउने समयमा यो सबैभन्दा लोकप्रिय फिटनेस ट्रेन्डमा एक हुन सक्छ । उनका अनुसार बियर योग दुनियाँमा सबैभन्दा लोकप्रिय दुई चिजको मेल हो । बियर योग गर्नेहरू पनि मान्छन् कि बियर पिउनु र योग गर्नु सुखको सदियौं पुरानो उपाय हो । बियर योगबाट दोहोरो फाइदा मिल्छ । धेरैजसो मानिस सम्भवत: यही कारणले यो योगलाई मन पराउँछन् कि उनीहरू योगको फाइदा बियरको मजासँग लिन चाहन्छन् । 

बियर योगका दौरान योगासन गर्दै घुटु–घुटु बियर पिइन्छ । यसका कतिपय आशनमा बियरको बोतल समेत प्रयोग गरिन्छ । कुल मिलाएर यो योगाभ्यासमा बियर तथा त्यसको बोतल पूर्ण रूपमा समावेश हुन्छ, तर केही मानिस भने यसो गर्नु फाइदाजनक नभएको मान्छन्, किनभने योग गरेपछिका केही घण्टासम्म कुनै पनि खाद्यवस्तु सेवन नगर्ने सल्लाह दिइन्छ । एउटा ठूलो समूहले भने यसलाई योग संस्कृतिमाथिको खेलबाड मानेको छ । 

 

प्रकाशित :भाद्र १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्