दिदी बन्दै दीपिका

- एजेन्सी

भाद्र १५, २०७४-

निर्देशक विशाल भारद्वाजको चलचित्र सपना दिदीमा अभिनेत्री दीपिका पादुकोण शीर्ष भूमिकामा प्रस्तुत हुने भएकी छिन् । यतिबेला चलचित्र पद्यमावतीमा व्यस्त दीपिका लगत्तै सपना दिदीमा सक्रिय हुनेछिन् ।

सपना दिदी निकै सुन्दर युवती थिइन्, जो आफ्ना श्रीमान्को हत्याको बदला लिने उद्देश्यले क्रूर ग्याङस्टर बनेकी थिइन् । उनको पहिचान क्राइम पत्रकार एस हुसैन जैदीले आफ्नो पुस्तक मुम्बईकी माफिया क्विन्समा गरेका थिए । भनिन्छ, सपना दिदी थ्रिलर चलचित्र हुनेछ ।

अहिले दीपिका स्तरीय चलचित्र छनोट गरेर काम गर्न थालेकी छिन् । सपना दिदीमा उनको आवद्धताकै कारण यो चलचित्र स्तरीय बन्ने भन्ने अनुमान गर्न सकिन्छ । यो चलचित्रमा इरफानले सपना दिदीको प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।  

 

प्रकाशित :भाद्र १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्