रानीको टिजरमा सारुक र मलिना

- साप्ताहिक संवाददाता

भाद्र १४, २०७४-

चलचित्र ‘रानी’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक म्युजिकल टिजरमा डेब्यु अनुहारसंगै कथावस्तुलाई प्रस्ट्याउने प्रयत्न गरिएको छ । दुई डेब्यु अनुहार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठसंग मलिना जोशीको प्रेमलाई टिजरमा देखाइएको छ । 

 

सार्वजनिक टिजरमा गीतका केहि दृश्य र फिल्मको ट्वीस्टलाई समेटिएको छ । फिल्ममा अनुप विक्रम शाही पनि छन् । उनि फिल्ममा एन्टागोनिस्ट छन् । त्रिकोणात्मक प्रेम कथामा अवरोध निम्त्याउने नै अनुप देखिएका छन् । भानु महर्जन प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा यम थापाले लेखेका हुन् । 

 

दयाराम दाहाल निर्देशित यस फिल्मलाई पुरुषोत्तम प्रधान , सिसन बानिया र मान कृष्ण महर्जनले छायााकन गरेका हुन् । फिल्ममा विजय घिमिरेको संगीत , अर्जुन जिसीको सम्पादन रहेको छ । बिमल मान गुभाजुको निर्माण रहेको यो फिल्म आउदो कार्तिक २ मा रिलिज हुनेछ । 

 

रानीको टिजर

 

प्रकाशित :भाद्र १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्