हङ्कङमा ‘तयामा खियामा’

- अनोज रोक्का

भाद्र १४, २०७४

हङ्कङमा किरात राईहरुले एक कार्यक्रमका बीच आदिम पुर्खाहरुलाई सम्झिएका छन् । किरात राई चाम्लिङ् खाम्बातिम ङामेचिमे (महिला विभाग)द्धारा आयोजना गरिएको आदिम किराती पूर्खा दोश्रो तयामा खियामा (दिदी बहिनी) दिवसमा मौलिक खानपिन, भेषभूषा र पहिचानजन्य बस्तुहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा चाम्लिङ खाम्बातिमका अध्यक्ष पीताम्बर राई, किरात राई यायोक्खाका अध्यक्ष रजीन राई, किराया भाषिक संस्थाका सदस्यहरुका साथै विभिन्न संघसस्थाका प्रतिनिधीहरुको सहभागिता थियो । 

आदिम किराती पुर्खालाई सम्झना र सम्मानसागै नयाा पुस्तालाई धर्म, परम्परा र संस्कृतिबारे अभ्यस्त बनाउन पनि यस्ता कार्यक्रमहरुको आयोजना गरिएको अभियन्ता तेजबहादुर राई बताउाछन् । कार्यक्रममा हङ्कङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ्, एनआरएनए हङ्कङकी अध्यक्ष टीका गुरुङलाई आयोजकको तर्फबाट अध्यक्ष कल्पना राईले सम्मान गरेकी थिईन । बगैचा रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा मैलिक भेषभूषा प्रतियोगिता समेत राखिएका थियो । 

 

प्रकाशित :भाद्र १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्