विज्ञापनले विवाद

- एजेन्सी

भाद्र १४, २०७४-

त्यसै पनि सन्नी लियोनसँग जोडिएको गसिप सार्वजनिक नभएको दिन हुँदैन । यतिबेला उनी अनौठो कुराले विवादमा आएकी छिन् । सन्नीले केही महिनाअघि नै अभिनय गरेको एउटा कन्डमको विज्ञापनका कारण उनी अहिले चर्चामा आएकी हुन् ।

गोवा विधानसभाकी एक विधायकले सन्नी लियोनीप्रति आपत्ति जनाउँदै उनले अभिनय गरेको कन्डमको विज्ञापन गोवाका बसहरूबाट हटाउनुपर्ने माग गरेकी छिन् । गोवाको स्टेट ट्रान्सपोर्ट कर्पोरेसनका बसमा सन्नीद्वारा अभिनीत कन्डमको विज्ञापन टाँसिएको छ ।

विधायकले गोवा राज्यसभा बैठकमा सभामुखसँग कन्डम शब्दको उच्चारण गर्न अनुमति लिँदै उक्त विज्ञापनको प्रसारण रोक्नुपर्ने माग राखेकी हुन् । ती विज्ञापनले आममानिसमा लाज पैदा गरेको भन्दै विधायकले उक्त माग राखेको बताएकी छिन् । विज्ञापनले युवापुस्तामा गलत सन्देश गएको ती विधायकको दाबी छ ।  

 

प्रकाशित :भाद्र १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्