सुन्दर युवतीको हात समात्न के गर्नुपर्ला !

- साप्ताहिक संवाददाता

भाद्र १४, २०७४-

खडानन्द र भगवान्

खडानन्द : हे भगवान्, मेरो घरदेखि अमेरिकासम्म हाई–वे बनाइदेऊ ।

भगवान : गाह्रो छ भक्त, अरू कुनै कुरा माग ।

खडानन्द : ठीकै छ, त्यसो भए मेरी जीएफले मबाहेक अरू कसैलाई नचाहोस् ।

भगवान : रोड कहिलेदेखि बनाउन सुरु गरूँ ? भन ।

खडानन्द आफ्नी जीएफसँग डेटमा

खडानन्द : यो मेरो पहिलो डेट हो, कुनै गल्ती भए माफ गर ल ।

गर्लफ्रेन्ड : केही छैन, मेरो त यो अठ्ठाइसौं डेट हो ।

 

खडानन्द कलेज टाइममा ।

खडानन्द (युवतीसँग) : तिम्रो हरेक सासमा केटाहरू मर्छन् रे हो ?

युवती (खुसी हुँदै) : हो त ।

खडानन्द : मेरो घरमा आऊ न एक दिन ।

युवती : किन र.....?

खडानन्द : एउटा मुसा छ यार, विष हाल्दा पनि मरेन, हैरान पारिसक्यो ।

 

खडानन्द छोराको विवाहको कुरा लिएर केटीको घर गए ।

केटीको बाउ : हामीलाई त त्यस्तो केटा चाहिएको छ, जसले जाँड, रक्सी, चुरोट केही पनि नखाओस् । उमालेको शुद्ध शाकाहारी खाना खाओस् र रातदिन भगवानको नाम जपोस् ।

खडानन्द : अब त्यस्तो केटा त अस्पतालको आईसीयु वार्डमा मात्र फेला पर्न सक्छ ।

 

खडानन्द र साथी

खडानन्द : जुन केटीलाई मैले चाहेको थिएँ, उसले मसँग बिहे गरिनँ यार ।

साथी : अनि तैंले बताइनस् ...? तेरा बाउ करोडपति हुन् भनेर.....?

खडानन्द : बताको त हो यार.....?

साथी : अनि.....??

खडानन्द : अनि, अहिले ऊ मेरी कान्छी आमा भएकी छे !

 

खडानन्द बाबाकोमा

खडानन्द : बाबा, सुन्दर युवतीको हात समात्न (आफ्नो बनाउन) के गर्नुपर्ला.....?

बाबा : कुनै ठूलो व्यापारिक मलको अगाडि मेहन्दी लगाउने पसल खोल वत्स ।

 

जवान र सुन्दर खडानन्द वैवाहिक समारोहमा ।

खडानन्द (युवतीसँग) : तपाई नाच्नुहुन्छ ...?

युवती (लजाउँदै) : हजुर, नाच्छु ।

खडानन्द : त्यसो भए तपाईं बस्या कुर्सी म लान्छु है ।

 

खडानन्द स्कुलमा पढाउँदै ।

खडानन्द : जवानी र बुढेसकालमा के फरक छ ?

बिर्खे : सर, जवानीमा केटा भए मोबाइलमा केटीको र केटी भए केटाको नम्बर हुन्छ, बुढेसकालमा चाहिं कन्ट्याक्ट लिस्टमा डाक्टरहरूको नम्बर हुन्छ ।

 

युवतीले पर्याप्त पर्फ्युम लगाएकी थिइन् ।

उनी बसभित्र छिरिन् ।

खडानन्द (छेड हान्दै) : आजकल फिनेलको प्रयोग ज्यादै हुन थालेछ ।

युवती : अँ....तैपनि झिंगाहरू भन्किन छाड्दैनन् खै ।

 

खडानन्द र जीएफ

जीएफ : खडु, अब तीन वर्षपछि मात्र बिहे गर्छु म तिमीसँग ।

खडानन्द : ल ठिकै छ, त्यसो भए अब १० महिनापछि मेरो छोरा वा छोरीको न्वारनमा निम्तो गर्छु, आऊ ल जसरी पनि ।

 

खडानन्द र जीएफ

जीएफ : हाँस्दाखेरि म कस्ति देखिन्छु खडु.....?

खडानन्द : ह्याङ भा’को नोकिया १११० जस्ती ।

 

खडानन्द र साथी ।

खडानन्द : सबै १४ फेब्रुअरी, १४ फेब्रअरी भन्छन्, के हो यार यो.....?

साथी : तेरी गर्लफ्रेन्ड छ कि छैन खडु.....?

खडानन्द : छैन ।

साथी : ए त्यसो भए १४ फेब्रुअरी केही होइन, मङ्गलबार हो ।

 

खडानन्दकी जीएफले कल गरिन् राति ११ बजे ।

जीएफ : हेल्लो खडु, मेरो घरमा कोही छैन..... ।

खडानन्द : ए हो र ?.....ल ठीक छ..... ।

(खडानन्द जीएफको घरमा पुगे, साँच्चै, घरमा कोहि थिएनन् । घरको मूल ढोकामा ताला लागिरहेको थ्यो । त्यसपछि उनी ठाडै खुट्टा फर्किए ।

 

खडानन्द र जीएफ ।

जीएफ : मैले तिमीसँग एउटा कुरा लुकाइराखेकी थिएँ खडु, मेरो बिहे अरुतिरै हुने भो, मलाई माफ गर..... ।

खडानन्द : तैट.....यति जाबो कुरामा पनि चिन्ता लिइराख्नुपर्छ त ...? ल हिंड, आज म तिम्लाई मेरी पत्नी र छोराछोरीसँग भेट्न लान्छु ।

 

खडानन्द र जीएफ ।

जीएफ : भन त खडु, तिमी मेरा लागि के गर्न सक्छौ.....??

खडानन्द : तिम्रा लागि त ज्यानै दिन पनि तयार छु नि म, तर के गर्नु, घरको भैंसीले मबाहेक अरू कसैलाई दूध दिँदैन ।

संकलन : जीवन भट्टराई

प्रकाशित :भाद्र १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्