गर्लफ्रेन्ड पोइल गई बियर जिन्दगी

- साप्ताहिक संवाददाता

भाद्र १३, २०७४-@me_samip

स्कुल पढ्दा जुन केटीलाई मन पराउँथे, आज उसकै छोरो बियर पिउने साथी बनेको छ अनि ऊ पनि उसको असफल प्रेमकहानी मलाई सुनाउँदैछ । 

@RupeshS73003018

कुनै बेला गर्लफ्रेन्ड थी डियर जिन्दगी, अहिले गर्लफ्रेन्ड पोइल गई बियर जिन्दगी ।

@ms_madhur

धन्न विश्वमा नानाथरी प्रतियोगिता हुन्छ र ट्विटेले हेर्छन् अनि गोर्खा ब्रुअरी नाफामै छ अहिलेसम्म, अन्यथा कल्ले किन्दिने ? कल्ले पिइदिने ?

@beingccr

सँगै खान बस्दा एक बोतलपछि पुग्यो भन्छन् अनि गफचैं एक कार्टुन दुई जना भनेर लाउँछन् ।

@andpkrl

एक–दुई बोतल कोकजस्तै । तीन–चारले कान तात्छ । पाँच–छले एक बिलाङ सु लाउँछ अनि बनाउँछ झ्याप— बियर महिमा ।

@DiploveTandan

बियर पिलाउँदा–पिलाउँदै भुक्का लागेको अवस्था हो, भोलि अफिसबाट पेस्की लिन्छु अनि पिलाउँछु है । 

@SharmaBimmi

बियर पिउँदै गर्मी मेट्नेलाई के थाहा कागती पानीमा ब्ल्याक साल्ट र चिनी घोलेर पिउनुको स्वाद । 

@A_nepali_jokes

एउटा अध्ययनबाट थाहा भएको छ कि बियर पिउनेहरूप्रति लामखुट्टे बढी आकर्षित हुन्छ । अब कि बियर पिउन छोड्नुस्, होइन भने लामखुट्टे टोकाइ सहनुहोस् । 

@Sherpa_Lachhiri

आकाशबाट राति–राति कति पानी मात्र बर्सिएको यार ! कहिलेकाहीं बियर पनि बर्सिनु नि ! 

@Peshalbroo

मेरो शरीर पनि अचम्मको छ भन्या ! बियरचाहिँ जति चिसो खाए पनि केही हुँदैन । अलिकति चिसो पानी खाँदाचाहिँ घाँटी खसखस हुन्छन् । 

@anilkathmandu

पानी मीठो भन्छन् भदौरे मूलको, वासना मीठो भन्छन् बाह्रमासे फूलको । आफूलाई चैं फेरि चिसो बियर नै मीठो लाग्छ । 

@ThebeRoshan

हामी त चिया, पानी, बियर, ह्विस्की सबै खाने हो । पिउने त अरू हुन्छ ।

@keshu_thapa

सोझो पनि यति सोझो भइयो कि अरूले बियर चियर्स गर्दा आफू रेडबुल वा पेप्सी, स्प्राइट ठोक्काउनुपर्छ, कस्तो बिडम्बना !

@keshu_thapa

घरका सबै मान्छे रूखको छहारीमा गएछन् । अब खाली घरमा बसेर चट्ट जनमोर्चाको खाली गिलासमा बियर भरिन्छ अनि खाइन्छ ।

 

प्रकाशित :भाद्र १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्