सरिता लामिछाने पुन: सानो पर्दामा

- साप्ताहिक संवाददाता

भाद्र १३, २०७४

परिवारिक टेलिचलचित्रमा अभिनय गरेरै ठूला पर्दाको कलाकारको भन्दा समाजमा गहिरो छाप छाड्न सफल कलाकार सरिता लामिछाने १० वर्षको लामो अन्तराल पछि पुन: सानो पर्दामा नै फर्किएकी छिन् ।

दशक अघि चर्चित टेलिश्रृखला ‘परिचय’ मार्फत सबैको मनमा बस्न सफल सरिता सोही टेलिश्रृखला ‘परिचय’को नयाँ संस्करणका साथमा फेरि दर्शक माझ आएकी हुन् । दशक अघि दर्शकले निकै रुचाएको यो श्रृखला यसपटक ‘एस्प्रो मिडिया’ले नेपाल टेलिभिजनबाट प्रसारणमा ल्याएको छ ।  

सरिता लामिछाने मुख्य भूमिका रहेको टेलिश्रृखला ‘परिचय’ गत आईतबार साँझबाट प्रसारणमा आएको हो । सरिताका साथमा कलाकार सरोज खनाल, निर शाह, कविता शर्मा, वर्षा राउत, सुनिल कटुवाल, आर पी पन्त लगायतका कलाकारले पनि यस श्रृखलामा अभिनय गर्ने छन् । 

दशक अघिकै निर्देशक ऋषि लामिछानेले नै यस पटक पनि टेलिश्रृखला ‘परिचय’को निर्देशन गरेका छन् । परिचयलाई दर्शकहरुले अब नेपल टेलिभीजनको पर्दामा प्रत्यक आइतबार बेलुका ८:५० मा हर्न सक्छन् । पहिलो श्रृखलाबाटै राम्रो प्रतिकृया पाएकी सरिताले सिरियलले नै आफूलाई परिचय दिलाएकाले आफू यसबाट टाढा रहन नसक्ने बताएकी छिन् । 

परिचय एकताका नेपाल टेलिभिजनको १ नम्बर रेटिङमा रहेर लामो समय प्रसारण भएको टेलिसिरियल हो । ४ वर्ष सम्म चलेको यो सिरियल १ सय ४१ भागसम्म प्रशारण भएको थियो ।

परिचयको पहिलो भाग 

 

प्रकाशित :भाद्र १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्