डब्बु क्षत्रीको गुलाबी स्वरहरु
भाद्र १३, २०७४
गीतकार डब्बु क्षत्रीले आफ्नो जन्मदिनको अबसर पारेर नयाा गीतिसाग्रह ‘गुलाबी स्वरहरु’ बजारमा ल्याएका छन् । यस अघि एकल गजलसाग्रह झरी ल्याएका क्षत्रीको यो दोस्रो एकल गीतिसँग्रह हो ।
राजधानीमा एक समारोहबीच छायाँछबी क्रियसनका अध्यक्ष एवं पत्रकार शान्तिप्रिय संग्रहका गायिकाहरु निशा देशार लगायतले क्षेत्रीको एल्वम सार्वजनिक गरेका थिए ।
पत्रकार शान्तिप्रियले कार्यक्रममा बोल्दै गीत लेखनमा अढाई दशकदेखि सक्रिय डब्बु क्षत्रीले बिगतमा गम्भिर गजल तथा गीत ल्याएको बताए । तर यस पटक नयाँ पुस्तालाई लक्षित गरेर सबैले गाउन सक्ने रोमाञ्चकारी पप शैलीका गीत सिर्जना गरेको शान्तिप्रियले प्रकाश पारे ।
कार्यक्रममा बोल्दै साग्रहका सागीतकार ज्योतिप्रकाश बिक, जुगल डंगोल, सन्तोष श्रेष्ठ र दीपक शर्माले गुलाबी स्वरहरु भित्रका गीतहरु र ती गीतमा आफ्ना संगीत बारे कार्यक्रममा चर्चा गरे ।
गीतकार डब्बु क्षत्रीले आफ्नो यो दोस्रो एकल गीतिसाग्रह भएको बताउादै सबैलाई सुन्दा रोमाञ्चकारी तुल्याउन प्रकारका गीतहरु साग्रह गुलाबी स्वरहरु मार्फत ल्याएको बताए ।
प्रकाशित :भाद्र १३, २०७४
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्