फेसबुकमा तपाईंलाई सबैभन्दा बढी मन नपर्ने कुरा के हो ?

- साप्ताहिक संवाददाता

भाद्र १३, २०७४-

तिललाई पहाड बनाउने कुरा । 

- सुहन

जे पायो त्यही लाइक गरेको मन पर्दैन । जस्तै बाढी–पहिरोले जनधनको विनाश लेखेको छ । त्यसमा पनि लाइक गरिएको हुन्छ । 

- कृष्णप्रसाद

पढ्दै नपढी लाइक गर्ने ।

- रञ्जन कोइराला

इच्छाविरुद्ध गरिएको ट्याग । 

- माधवी

लासको तस्बिर पोस्ट गरेको देख्दा सबैभन्दा बढी रिस उठ्छ । 

- भोला अधिकारी

मन नपर्ने खालका तस्बिर ट्याग गरिएको मन पर्दैन । 

- विष्णु ढुंगाना

मृतकका तस्बिर राखेको तथा त्यसमा लाइक गरेको पटक्कैमन पर्दैन । 

- सुबिना

फोकटमा फोटो ट्याग गर्नेहरूसँग पारो तात्छ । 

- बिजु

गलत समाचार पोस्ट गरेको मन पर्दैन । 

- महेश्वर

नानाथरी कुरा पोस्ट गर्नेहरू देखेर रिस उठ्छ । 

- सिजन

मलाई त फेसबुक नै मन पर्दैन । 

- चितवनको साइँलो

कुनै लेख पूरा नपढी प्रतिक्रिया दिनेहरूप्रति दया जागेर आउँछ । 

- हरि थापा

मन पर्ने कुरा केही भए पो ?

- आवारा

फेसबुकको गलत उपयोग र फेक आइडी मन पर्दैन । 

- सुदर्शन

नपढी–नबुझी टिप्पणी गर्नेहरू देखेर रिस उठ्छ । 

- राहुल

कुरै नबुझी अनावश्यक लाइक–कमेन्ट गरेको देख्दा । 

- विद्या

कसैको मृत्यु भएको, कोही झुन्डिएर मरेको जस्ता वीभत्स तस्बिर । 

- कुन्साङ तामाङ

बिहानै नागदेवीको दर्शन गर, तल कमेन्टमा रिप एन्ड एमेन लेख, यो म्यासेज यति जनालाई पठाऊ भनेको सबै पुग्छ जस्ता म्यासेज देख्दा पारो तातेर आउछ हजुर । 

- लेरुक भोटिया

दुर्घटना भएको तस्बिर पोस्ट गरेर लाइक गरे राम्रो, नत्र नराम्रो हुन्छ भनेर लेख्नेहरूदेखि रिस उठ्छ । 

- डल्ली कान्छी

एउटा फोटो हाल्यो, फलानो पार्टी यस्तो, उस्तो भन्यो । भोट दिने बेला मासु–भातमा बिक्यो अनि तिनै नेताको पछाडि तँछाडमछाड गर्‍यो । यस्ता कुरा मलाई पटक्कै मन पर्दैन । 

- हरि अधिकारी

आवश्यकताभन्दा बढी नै उछृङ्खल तस्बिर राखेको तथा भावुक कुरा लेखेको मन पर्दैन । यस्ता पोस्ट प्राय: झूटा हुन्छन् । 

- सुदीप तामाङ 

 

प्रकाशित :भाद्र १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्