नेपाल बन्न तीन चिज खारेज गर्नुपर्छ

- साप्ताहिक संवाददाता

भाद्र १३, २०७४-Padam Gautam@G_padam

नेताले केही आयमूलक पेसा सुरु गर्दा भ्रष्टाचार गर्दैन भन्दै राम्रो मान्थ्यौं, तर यसले त लोकतन्त्रविरोधी माफियातन्त्रलाई पो संस्थागत गर्दो रहेछ । 

सोझो चोर@sojho_chor

सुरुमा महादेवजस्तो पति पाउँ भनी व्रत बस्छन्, अनि पछि गाँजा, चुरोट, जाँड, रक्सी खायो भनी घरमा बस्न दिँदैनन्— अचेलका बूढी । 

डा. एलिया अर्याल@aryalaliya

आमाले पस्केर दिएको खाना खाइसकेपछि थालमै हात–मुख चुठेर हिंड्ने छोराहरू बुहारी ल्याएपछि श्रीमतीको कट्टुदेखि भाँडासम्म माझ्न तयार हुन्छन् । 

विकास रेग्मी@MUFC_RM

घरबेटीकी छोरी पनि कति नराम्री हो के ? त्यसलाई देख्यो कि कोठा सर्न मन लाग्छ । 

चिम्से अजे@ayajRAI_

सरकार त नौ महिनाभन्दा बढी नटिक्ने हाम्रो देशमा माया–प्रेम तीन महिनाजति टिक्यो भने सिधै एनिभर्सरी मनाए हुन्छ । 

उल्लु द औतारी@ullu_pyare

छोरा–छोरी भएर नि क्यार्नु तीन वर्ष कटेसि बाउ कुट्न थालिहाल्दा रान, मोबाइल नदिँदा त ज्यान जोगाउनै सास्ती हुने । 

Kisor Subedi@mindisor 

नेपाल बन्न दिन तीन चिज खारेज गर्नुपर्छ । पार्टीगत कर्मचारी संगठन, पार्टीगत पत्रकार संगठन तथा पार्टीगत विद्यार्थी संगठन । 

Dil Nisani Magar@dil_nisani

४० वर्षको बीचमा कोरिया, यूएई र सिंगापुरले संसारसंगै टक्कर लिँदैछन् । हाम्रा पातकीहरूले भत्किएका दुईवटा मन्दिर बनाउन पनि चिनियाँ सहायतामा सही गरेछन् । 

तिम्रो सूर्य@paudelsurya123

सक्नुहुन्छ भने समाजमा राम्रो इमेज बनाउनु होस् अन्यथा सेल्फी हानेर राम्रो इमेज राख्नुको कुनै औचित्य छैन यो दुनियाँमा । 

Sharad R.Pathak@SharadRPathak

ऋषि धमलाले अंग्रेजीमा लेख्नुभएको लेख पनि पढियो । एक दिन म पनि चाइनिज बोल्न सक्छु भन्ने आँट पलाएर आयो । 

अपरिचित यात्री@TheYatree

प्रपोज गर्न सक्ने केटाहरू केटीलाई ठाडै प्रपोज गर्छन्, नसक्ने विचराहरू जेन्ट्स ट्वाइलेटका भित्ताहरूमा हुन नसकेकी प्रेमिकाको नाम कोर्छन् । 

खतिवडा साइँलो@SailoKhatiwada5

मुटु मिचेर भए पनि, टुक्रा मन सिएर पनि, बिर्सन सक्ने हुन्छु कालीलाई, जाँडको घ्याम्पोमा पौडिएर पनि । द्वन्द्वी@dildwandwee

एउटी सुन्दरीसँग बसको यात्रामा छु । कोही आएर सलाम ठोके नि बरु पैसो नै दिने थिएँ । 

बाग्लुङे मनोज@alonemanoj3

आफू त जीएफबिनाको ठिटो परियो, केटी देख्दा पनि नमस्कार गरिन्छ । 

घमन्डी केटी@KcSaradha

 

प्रकाशित :भाद्र १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्