अमृता र आदित्य मोडल हन्ट नेपाल

- साप्ताहिक संवाददाता

भाद्र १२, २०७४- 

काठमाडौं बालुवाटारकी २१ वर्षीया अमृता अधिकारी र जनपुरका १८ बर्षीया बिक्रम आदित्य महासेठ ‘मोडल हन्ट नेपाल २०१७’को उपाधि चुम्न सफल भएका छन् । सोल्टी क्राउन प्लाजमा सम्पन्न अन्तिम स्पर्धामा पुरुष तर्फको उपाधि विक्रमले चुमन सफल हुँदा महिला तर्फको उपाधि भने अमृताले आफ्नो पोल्टामा पारेकी हुन् । बिक्रमले  ६५ र अमृताले ३५ प्रतियोगीसँग प्रतिस्पर्धा गरेका थिए । 

अमृताले मोष्टफोटोजेनिक र सुपरमोडलको समेत उपाधि हासिल गर्दा बिक्रमले सुपर मोडल समेत चुनिए । दुबै शीर्ष बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अवसर, बिभिन्न उपहारका साथमा नगद रु १ लाख नगद, अमेरिकामा आयोजना हुने वल्र्ड फेसन परेडदेखि कोरियामा हुने लक्र्जरी मोडल अवार्डमा बिषेश प्रस्तुतिको अवसर प्राप्त गरेका छन् । 

प्रतियोगीतामा पुरुषतर्फ फष्टरनरअप र सेकेन्ड रनरअफ क्रमस लक्की खड्गी र रमेशकुमार चौधरी घोषित हुादा महिलातर्फ सिमरन खड्का र एकता कुँवर बिजेता बने ।

प्रतियोगितामा पुरुषतर्फ सन्तोस घिमिरे बेष्टपर्सनालिटी, सुरज पन्त बेष्टफिजिक्स, सजल केसी मोष्टफोटोजेनिक, लक्की खड्गी मोष्टइस्टाइलिष्ट, बिनायक राज पोखरेल मोष्टचार्मिङ, निलकुमार राई मोष्टडिसिप्लेन, बिधान प्रदान मोष्टकन्जुलिटी, शिव वाग्ले कर्मसियल मोडल, सुमन श्रीपाल सोशलरेस्पोन्सिवल, नेसनजंग मल्ल पब्लिकच्वाइस, अनमोल श्रेष्ठ मोष्टपपुलर, प्रज्वाल श्रेष्ठ बेष्टवाक चुँनिदा महिलातर्फ साहिमा श्रेष्ठ बेष्टपर्सनालिटी, अम्बिका अधिकारी मोष्टफोटोजेनिक, गंगा लामा मोष्टइस्टाइलिष्ट, अञ्जली लुइटेल मोष्टचार्मिङ, यासा श्रेष्ठ मोष्टडिसिप्लेन, मयुस श्रेष्ठ मोष्टकन्जुलिटी, एकता कुबर कर्मसियल मोडल, अर्निका राजभण्डारी सोशल रेस्पोन्सिवल, सगुन अर्याल पब्लिकच्वाइस, बेष्टफिगर र मोष्टपपुलर, सिमरन खड्का बेष्टवाक उपाधि चुम्न सफल रहे । 

प्रकाशित :भाद्र १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्