‘जोनी जेन्टलम्यान’को नयाँ गीत ‘जब जब..’

- साप्ताहिक संवाददाता

भाद्र १२, २०७४- 

नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको चलचित्र  ‘जोनी जेन्टलम्यान’को दोस्रो गीत सार्वजनिक भएको छ । आईतबार सार्वजनिक गरिएको गीतमा अहिले चर्चित संगीतकार अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको छ । ‘जब जब..’बोल गीतमा स्वर भने अन्जु पन्त्त र सुरेश लामाको रहेको छ । 

गीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।

भदौ ३० गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘जोनी जेन्टलम्यान’लाई नितिन चन्दले निर्देशन गरेका हुन् । महेश दवाडीको कथा रहेको चलचित्रलाई ऐन्ड्रउ पौडेलले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माताका रुपमा भने अजय मल्ल ठकुरी रहेका छन् । 

जब जबको मयूजिक भिडियो :

प्रकाशित :भाद्र १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्