फर्किइन् उर्वशी

- एजेन्सी

भाद्र १२, २०७४-

अधिकांशलाई थाहा भएको कुरा हो, हेट स्टोरी श्रृंखलाका चलचित्रमा चुम्बन तथा कामुक दृश्यको कमी छैन । चलचित्रका कथा पनि त्यसरी नै बुनिएका हुन्छन् । यसबीच उक्त चलचित्रको चौथो श्रृंखलाका लागि अभिनेत्री उर्वशी रौतेलालाई प्रस्ताव गरिएको थियो, जसलाई उनले अस्वीकार गरिन् । उर्वशीले चुम्बन र कामुकताले मात्र सफल अभिनेत्री बन्न सकिँदैन भन्ने कुरा बुझेर उक्त निर्णय गरेकी थिइन् ।

पाउली दाम, सुरवीन चावला, जरीन खान, डेजी शाहजस्ता अभिनेत्री यो चलचित्रका विभिन्न श्रृंखलामा प्रस्तुत भैसकेका छन्, जो क्षणिक समयका लागि मात्र चर्चामा रहे । चलचित्रको प्रदर्शनसँगै दर्शकहरूले उनीहरूलाई बिर्सिए । अहिले आएर उर्वशी आफैंले अस्वीकार गरेको चलचित्रको भूमिका स्वीकार गरेको समाचार सार्वजनिक भएको छ ।

निर्देशकले चलचित्रमा कामुकता तथा चुम्बनको दृश्य घटाउनु पर्ने आफ्नो शर्त स्वीकार गरेकाले नै आफू चलचित्रमा अभिनय गर्न तयार भएको उर्वशीको तर्क छ । हालै प्रदर्शित चलचित्र काविलको एउटा गीतमा नृत्य गरेर चर्चामा आएकी उर्वशीले कुनै ठूलो चलचित्रबाट प्रस्ताव नपाएपछि हेट स्टोरीको नयाँ श्रृंखलाका लागि तयार भएको टिप्पणी समेत गरिएको छ ।  

 

प्रकाशित :भाद्र १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्