मिस टिनका लागि ३० सुन्दरी छानिए

- साप्ताहिक संवाददाता

भाद्र १२, २०७४-

काठमाडौं जेसिसले सन् २०१७ का लागि आयोजना गर्ने मिस टिनको १५ औं संस्करणको दोस्रो अडिसनबाट ३० जना प्रतिस्पर्धि छानिएका छन् ।

दोस्रो अडिसनमा ४५ जना सहभागी थिए । प्रथम चरणको अडिसनमा सहभागी ७३ युवतीमध्येबाट उनीहरु छानिएका थिए । दोस्रो चरणमा छानिएकाहरु अब प्रशिक्षणमा सहभागी हुनेछन् ।

काठमाडौं जेसिसले १६ देखी १९ बर्षका युवतीहरुको लुकेर रहेको प्रतिभा प्रस्फुटन गराई महिला सशक्तिकरण गर्न प्रत्येक बर्ष मिस टिन प्रतियोगिता गर्दै आएको छ ।

पहिलो अडीसनमा काठमाडौं जेसिसका बर्ष २०१७ का अध्यक्ष दिपक भण्डारी , कार्यकारी उपाध्यक्ष ईनु थापा, पुर्वअध्यक्षहरु ईन्द्ररत्न बज्राचार्य, रत्नकाजी श्रेष्ठ, सेनेटर मनोजकुमार श्रेष्ठ , मिस टिन नेपाल २०१६ की बिजेता जस्मिन खड्का , मिस टिन २०१५ की उपविजेता तथा राष्ट्रिय तेक्वान्डो खेलाडी रोजी गिरी, नृत्य संयोजक स्वजन रघुबंशी, कलाकार मन्चिन शाक्यसहितको निर्णायक मण्डलले सहभागी युवतीहरुको अडीसन लिएका थिए ।

सहभागीमध्येबाट छानिएका ३० जना उत्कृष्ट प्रतियोगीलाई तालिममा सहभागी गराईने काठमाडौं जेसिज मिस टिन नेपालकी कन्सर्न कार्यकारी उपाध्यक्ष ईनु थापाले जानकारी दिइन् ।

काठमाडौं जेसिजले १९९४ मा मिस नेपाल गरेपछि मिस नेपाल पछिको दोस्रो ठूलो सुन्दरी प्रतियोगिताको रूपमा रहेको मिस टिन नेपाल गर्दै आएको छ । यसमा मिस धरान, मिस हेटौंडा, मिस पोखरा र मिस पूर्वाञ्चलले सोझै सहभागी हुन पाउने जानकारी अध्यक्ष दीपक भण्डारीले दिए ।

यस बर्षको इन्चाईन्टर मिस टिन नेपाल २०१७ लाई फ्रान्सबाट उत्पादि ब्युटी प्रोडक्ट ईन्चाईन्टरले प्रायोजन गरेको छ । सहप्रायोजकको रुपमा रिलायन्स पेन्ट रहेको कन्सर्न उपाध्यक्ष बिवश कर्मचार्यले बताए । 

प्रकाशित :भाद्र १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्