अम्बिकाको शब्दमा मातृत्व झल्कने गीतको भिडियो

- साप्ताहिक संवाददाता

भाद्र ११, २०७४

 

गीतकार अम्बिका गुरुङद्वारा रचित ‘हाँस भने...’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका जुना प्रसाईंको स्वरको उक्त गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत तथा संगीत संयोजन छ । गीतकार गुरुङका एकल शब्दहरुको एल्बम ‘भावसागर’ मा समावेश उक्त गीतको म्युजिक भिडियोलाई भावसागर इन्टरटेन्मेन्ट एलएलसीले आफ्नो आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।

आमा र छोराबीचका ममतामयी प्रेममा आधारित उक्त म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । भिडियोमा अभिनेत्री अनु शाहले आमाको भूमिका निर्वाह गरेकी छिन् । बाल कलाकार कुशाग्र भट्टराई तथा कलाकार भरतले उनका छोराको भूमिका निर्वाह गरेका छन् । हरि हुमागाईँद्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक निशान घिमिरे हुन् । गीतकार गुरुङले आफू र आफ्नो छोराका बाल्यकालको स्मरणमा यो गीत रचना गरेको उल्लेख गरेकी छिन् ।

यस्तो छ हाँस भने गीतको म्युजिक भिडियो :

प्रकाशित :भाद्र ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्