हिउँको धुन मञ्चन

- साप्ताहिक संवाददाता

भाद्र ११, २०७४-

ख्वापा नाट्य समुहको प्रस्तुतिमा नाटक ‘हिउँको धुन’ मञ्चन भएको छ । बत्तिस पुतलीस्थित शिल्पी थिएटरमा नाटक मञ्चन भएको हो । नाटकमा मा ओलिभर धनाध्य परिवारको एक्लो छोरो हुन्छ ।  उ राम्रो र प्रतिष्ठित वकिल भएकाले सबैको प्रिय  रहेको हुन्छ । सेरोइन र ओलिभर नजिकका साथी हुन्छन् जो एक अर्काको कुरा गर्न हिचकिचाउदैनन् ।

सेइरोन बालमन्दिरमा काम गर्छिन् भने त्यहि नताली नाम गरेकी बालिका  पनि  बस्छे । बाउ आमा नभएकी टुहुरी नतालीलाई सेइरोनले आमा जस्तै  गरेर राखेकी हुन्छे भने नतालीले भने सेइरोनलाई जुत्ता सिलाउने  दिदी भन्दिन्छे । नतालीलाई  मुटुको समस्या भएकोले ब्लड फेरिरहनु पर्ने हुन्छ । तर अकस्मात ब्लड बैकमा उसलाई मिल्ने ब्लड नपाए पछि सेइरोनले आलिभरलाई अदालत बाहिर कुरेर बस्छे । ओलिभर बाहिर आए पछि नतालीलाई ब्लड नभेटेको कुरा गर्छे । नतालीको आफ्नो बाबा नभएकाले गर्दा ओभिरलाई बाबा भनेर अगाालो मारिदिन्छे । ओलीभरलाई नतालीले बाबा भन्छु है नम्र स्वरमा भन्दा दर्शकहरु भावुक बनेका थिए । ओलिभरले अतालीलाई छोरी भन्छु भने पछि नताली खुशी देखिन्छे । 

सेइरन बाटोमा हिडिरहेका बेला ओलिभरकी मृत्यु भईसकेकी जेन जस्तै अनुहार गरेकी केटीलाई बाटोमा देख्छे र घिस्यााउदै घरमा ल्याउछे । जेन त मरेकी होइन ,ओलिभर तालाई गााडेको ठाँउमा गएको छ । यो भन्दा रेइचल अक्कनबक्क हुन्थे ।  म जेन होईन म रेइचल हो  भनेर पटक पटक भन्दा नी पत्यादिन । ओलिभर र जेनको प्रेम कथा सुनाए पछि रेइचल र ओलिभरको विस्तारै प्रेम पर्न थाल्छ । उता  नतालीलाई मुटुको डोनर नपाए पछि ओलिभरले मुटु दिन तयार भएको थाहा पाए पछि रेइचल धेरै रुन्छे । मुटु नतालीलाई दिदैछ भन्ने कुरा ओभिरका बुवालाई समेत थाहा दिएको हुदैन । अन्तत कथाले फरक मोड लिन्छ, ओलिभरले नतालीलाई मुटु दिने दिन बाबालाई इमेर्जेन्सी छ, हस्पिटल आउनु है  बाबा भनेर बोलाउँछ । यसो भनिरहदा दर्शकका आँखा रसाएका देखिन्थे ।

आफ्नो निर्णय तैले आफै गरिस मलाई एक बचन सोध्नु  पर्दैन छोरा भनेर आलिभरलाई बाबाले सोध्दा ,आलिभरको जवाफ मैले छोरी नतालीलाई बचाउनु छ बाबा, मैले जेनलाई  घुमाइसके अव नतालीलाई गुमाउन चाहान्न तर्क दिन्छन् । तिमी  पनि त मेरो छोरो हौ , त्यसैले मेरो छोरो गुमाउन चाहान्न भन्दा नाटक हलमा निकै हुटिङ बर्सियो । 

यस नाटकले आफ्नोपन र अनाथबालबालिको मनोविज्ञान कस्तो हुन्छ भन्ने प्रस्ट पारेको छ ।

निकै कारुणिक तथा बालमनोविज्ञानमा आधारित नाटकमा नतालीको भुमिकामा प्रस्तुत भएकी एन्जेलिना न्यौपानेको अभिनय निकै तारिफ योग्या थियो । नाटकलाई प्रदिप खड्गी ( पासा) ले निर्देशन गरेका हुन् । हेमन तण्डुकार,दिपिका थापा, प्रदिप नेपाल, सवनम चौधरी, अर्जुन बोहोरा,सुरज सुवेदी (भाइजन), विनोद पौडेल, आयन बिष्ट, अनिषा कोइराला, सुसान्त तामाङ, विजय साप्कोटा ,अंकीत सुनार,शुरेन्द्र कटुवालको अभिनय रहेको छ । नाटकलाई संगीत तथा स्वर राजन थापाले दिएका छन् ।  नाटकलाई प्रविण खड्गीले लेखेका हुन् । 

प्रकाशित :भाद्र ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्