विवाहको तयारीमा प्रभाष

- एजेन्सी

भाद्र १०, २०७४-

अविवाहित अभिनेताहरूको विवाहको चर्चा चल्नु सामान्य हो । सलमान खानदेखि रणवीर कपूरसम्मका अभिनेताको विवाह बेला–बेलामा समाचारको विषय बनिरहन्छ । यतिबेला बाहुबली अभिनेता प्रभाष विवाहकै कारण चर्चामा छन् । बाहुबलीका दुवै श्रृंखलाको अत्यधिक सफलतापछि प्रभाष भारतकै चर्चित अविवाहित युवक भएका छन् । युवतीहरूमाझ उनको क्रेज लोभलाग्दो छ ।

चलचित्रको सफलतापछि उनलाई भारतका सबैजसो राज्यबाट विवाहको प्रस्ताव आइरहेका छन् । यसबीच यी तेलुगु स्टारले एक व्यवसायीकी नातिनीसँग विवाह गर्न लागेको कुरा चर्चामा छ भने प्रभाष र उनकी सहकलाकार अनुष्का शेट्टीबीच वैवाहिक जीवन प्रारम्भ होस् भन्ने कामना गर्नेहरू पनि प्रसस्त छन् ।

यद्यपि प्रभाषले भने अहिले विवाहको साटो करियरमै ध्यान दिने मनस्थिति बनाइरहेका छन् । प्रभाषका बहिनीहरूले भने उनको विवाहको तयारी प्रारम्भ गरिसकेको दाबी गरिरहेका छन् । उनी जेठी बहिनी प्रगथी उप्पालपातीका अनुसार उनीहरू प्रभाषको विवाहलाई लिएर निकै उत्साहित छन् ।  

 

प्रकाशित :भाद्र १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्