प्रदीपको क्रेज

- साप्ताहिक संवाददाता

भाद्र १०, २०७४

अहिले अभिनेता प्रदीप खड्काको क्रेज चुलिएको छ । प्रेम गीत तथा प्रेम गीत–२ व्यवसायिक रूपमा सफल भएपछि प्रदीप चल्तीका अभिनेता बनेका हुन् । पहिलो चलचित्रमा रोमान्टिक अभिनेताको छवि बनाएका प्रदीपले दोस्रो चलचित्रपछि एक्सनमा समेत आफू अब्बल रहेको सावित गरेका छन् ।

प्रेम गीतका निर्माता सन्तोष सेनले नै निर्माण गर्ने तेस्रो चलचित्र ‘दीपेन्द्र सरकार’ मा अनुबन्ध भैसकेका प्रदीपलाई यतिबेला एउटा चलचित्रले महँगो पारिश्रमिकमा अनुबन्ध गरेको समाचार सार्वजनिक भएको छ ।

प्रेमगीत–२ मा ८ लाख रुपैयाँ पारिश्रमिक लिएका प्रदीपले चलचित्र ‘रानीमहल’ का लागि १५ लाख रुपैयाँ पारिश्रमिकमा सम्झौता गरेको बताइएको छ । यद्यपि प्रदीपले आफू उक्त चलचित्रमा अनुबन्धित नभएको स्पष्ट पारेका छन् ।

‘उक्त चलचित्रको यूनिटसंग भेट भएको हो, उहाँहरूले प्रस्ताव पनि राख्नु भएको हो, प्रदीप भन्छन्– ‘तर मैले अभिनय गर्ने कि नगर्ने निर्णय भैसकेको छैन । पारिश्रमिकको प्रसँग त अझ परको कुरा हो ।’ 

 

प्रकाशित :भाद्र १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्