शारीरिक सम्बन्धको मापन

- एजेन्सी

भाद्र ९, २०७४-

कति पटक हुने शारीरिक सम्बन्धलाई धेरै वा थोरै मान्ने भन्ने विषयमा दुविधा भएको पनि धेरै भैसकेको छ । अनुसन्धानैपिच्छे फरक–फरक तथ्यांक आएपछि किन्से इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले एक सर्वेक्षणमार्फत यो कुरालाई आधिकारिक बनाउने प्रयास गरेका छन् । 

इन्स्टिच्युटले यौन प्रजनन र यौनिकताको विषयमा गरेको अनुसन्धानको नतिजालाई हालै सार्वजनिक गरेको छ । उक्त अनुसन्धानले मनिसको उमेरअनुसार शारीरिक सम्बन्धको संख्यामा फरक आउने हुनाले यसलाई उमेरको मापदण्डअनुसार व्याख्या गर्नुपर्ने बताएको छ । 

सर्वेक्षणअनुसार १८ देखि २९ वर्ष उमेरका व्यक्तिले वार्षिक औसत रूपमा १ सय १२ पटक यौनसम्बन्ध राख्छन् । यसका आधारमा उनीहरूले सातामा दुईपटक यौन सम्बन्ध राख्ने गरेका छन् । यसैगरी ३० देखि ३९ वर्षकाले प्रतिवर्ष ८६ पटक अर्थात् सातामा १ दशमलव ६ तथा ४० देखि ४९ वर्षकाले ६९ पटक यौनसम्बन्ध राख्ने गरेका छन् । यो तथ्यांकको सारका रूपमा अनुसन्धानकर्ताहरूले मानिसको उमेर बढ्दै गएपछि यौन चाहना पनि घट्दै जाने हुनाले यसलाई शारीरिक समस्या मान्न भनेका छन् । 

 

प्रकाशित :भाद्र ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्