चन्दाको रम्दैछ अलि अलि सार्वजनिक
भाद्र ६, २०७४
स्थापित गायिका चन्दा देवानको सुमधुर स्वर रहेको गीत ‘रम्दैछ अलि अलि...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा चर्चित नायिका एवं मोडल एलिसा राईले आकर्षक नृत्य–अभिनय गरेकी छिन् ।
एलिसाको फ्ल्यासब्याकमा बालकलाकार युमी बरालले अभिनय गरेकी छिन् । मन नै तरंगित पार्ने किसिमको लयमा गाइएको उक्त गीतको भिडियोको छायांकन मनोरम स्थल नगरकोटमा गरिएको हो । भिडियोमा एउटी छोरीले आमासंग अभिव्यक्त गरेका भावनालाई नृत्यको माध्यमबाट सजीव ढंगले प्रस्तुत गरिएको छ ।
सचिन सिंहद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु चेतन बाराकोटीले रचना गरेका हुन् । म्युजिक भिडियोको निर्देशन युवा सञ्चारकर्मी विदुर खतिवडाले गरेका हुन् । उत्कृष्ट छायाकारको परिचय बनाइसकेका सुदीप बरालको छायांकन तथा राजीव समरको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियो नगरकोटस्थित होटल क्लब हिमालयमा छायांकन गरिएको हो ।
केही महिनाअघि चेलीबेटी बेचबिखन विरुद्धको अभियानलाई सहयोग पुगोस् भन्ने चाहना राखेर ‘छानो हाल्ने सपनीमा म बेचिनु पर्यो’ गीत गाएकी गायिका चन्दाले यो नाच्ने किसिमको गीतले आम नेपालीलाई नाच्न अग्रसर गराउने अपेक्षा राखेकी छिन् । उक्त गीतको म्युजिक भिडियोलाई केन्द्रबिन्दु टिभीले सार्वजनिक गरेको हो ।
यस्तो छ रम्दैछ अलि अलिको म्युजिक भिडियो
प्रकाशित :भाद्र ६, २०७४
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्