तीजको समाजशास्त्र

- अविरल थापा

भाद्र ६, २०७४-

 

इन्टरनेटको सामाजिक सञ्जाल फेसवुकमा एकजना मित्रले हालै कोर्नुभएको एउटा गजल यस्तो थियो । 

रक्सीमा जात र थर हुन्न आजकल

कसैलाई कसैको डर हुन्न आजकल

कर लगाइ खान दिने रक्सी

भात खान बरु कर हुन्न आजकल

देखाउनै पर्ने नव धनाढयलाई

बार नभाको त घर हुन्न आजकल 

भट्टी तिर कुरा भट्याउदै छन् मान्छे

रक्सी नखाने को भर हुन्न आजकल

अहो !  तिजमा कस्तो आधुनिकता आयो 

वाइन विनाको त दर हुन्न आजकल 

  प्रस्तुत गजलवाट  उठान गर्न खोजिएको विषय भनेको पछिल्लो समय नेपाली नारीहरुले मनाउने गरेको पर्व तीजको सामाजिकीकरण कसरी भइरहेको छ र यसको साास्कृतिक मौलिकतामा कसरी ह्रास आइरहेको छ भन्ने हो । विगत केही वर्षहरुदेखि मूलत सहरी क्षेत्रहरुमा एक महिना अघिदेखि नै तीजको नाममा भव्य भोजहरु अनेक तामझामका साथ आयोजना हुन थालेकाछन् जसलाई यस पर्वको सहरीकरण भइरहेको छ भन्न सकिन्छ । पछिल्लो समय त झन संस्थागत तरिकाले नै विभिन्न सामाजिक एवं राजनीतिक संगठनहरुले नै यसलाई आफनो उपस्थित देखाउने उद्देश्यका साथ आयोजना हुनथालेको छ । अनि यस्ता भोजमा मदिराको उपस्थितले पर्वहरुमा विकृति वढदै गएको यर्थाथवोध गराउाछ । अझ एककदम अघि बढेर व्यापारिक पक्षबाट तीज महोत्सवको नाममा व्यापारिकरण पनि गर्न थालिएको छ ।

     

नेपाली दिदीबहिनीहरु एकठाउामा भेला हुनु, नाचगान गर्नु, खानपिन गर्नु,सुखदुख साटनु सामाजिकरुपमा एकदमै सकारात्मक पक्ष हो जसले सामाजिक सदभाव एवं मेलमिलापलाई बढावा दिन्छ । तर यस पर्वलाई गरिएको नौलो सामाजिकीकरण एवं व्यापारिकरणले समाजमा कस्तो खालको असन्तुलन पैदा गरेको छ र यसको साास्कृतिक सुन्दरतामा असर परेको छ कि छैन भनी विवेचना हुनु जरुरी छ । कुन संस्कृति हो र कुन विकृति हो भनी पहिचान गर्नु आवश्यक छ । 

   यति मात्र नभएर तीज एउटा बहुआयामिक विशेषता भएको चाड हो र यसलाई विभिन्न दृष्टिकोणवाट अध्ययन र विश्लेषण गर्न सकिन्छ । समाजशास्त्रीय सिद्दान्त अन्तर्गतका Gender perspective का  Identification theory, Social learning theory  र cognitive theory  को आधारमा पनि तीज पर्वलाई विवेचना गर्न सकिन्छ । अब तीज पर्वसाग जोडिएका बहुआयामिक पक्षहरुलाई विभिन्न शीर्षक अन्तर्गत रहेर विश्लेषण गरौं । 

 

१. 

र्धािमक /साास्कृतिक पक्ष –

तीज पर्व भाद्र शुक्ल, द्वितीयदेखि सुरु भई पञ्चमीसम्म मनाइन्छ । यो हिन्दु महिलाहरुले मनाउने सवैभन्दा ठूलो पर्व हो । खासगरी भाद्र शुक्ल तृतीयाको दिन नै तीज मनाउने गरिन्छ । यसको अघिल्लो दिन दर खाने चलन छ जसमा विभिन्न खाद्य परिकार , मिष्ठान्न बनाई दर खानेखुवाउने गरिन्छ । विवाह गरेर पतिका घरमा गएका छोरीचेलीलाई माइतिले ल्याउने गर्छन् र दर खुवाउने गर्छन् । यस पर्वभरि शिवालयमा जम्मा भएर सुखदुखका घटनाहरुलाई गीत बनाएर नाचगान गरिन्छ । भोलिपल्ट तृतीयाको दिनमा शुद्ध जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत लिन्छन् । विवाहित महिलाहरु राता लुगा र गहनामा सजिएका हुन्छन् भने कन्याहरु पनि व्रत र नाचगानमा सहभागी भई पाप नाश हुने, पतिको आयु बढ्ने र कन्याहरुले योग्य वर पाउने कामना एवं विश्वास गरिन्छ । दिनभरि निराहार व्रत बसेका महिलाहरु सााझमा शिवजीको पूजा गरेर कन्यालाई टीका लगाई दक्षिणा दिएर फलाहार गर्दछन् । तीजको भोलिपल्ट अथवा पर्सिपल्ट पर्ने पञ्चमी तिथिमा ऋषिपञ्चमीको व्रत बसी बिहान सवेरै नदी वा खोलाकिनारमा स्नान गर्दछन् । 

  तीज पर्वको पौराण्कि कथाअनुसार पर्वतराज हिमालयकी पुत्री पार्वतीले सानै उमेरदेखि नै महादेव पति पाऊा भनी कामना गर्दथिइन् । हिमालय भने सर्पका गहना लगाउने, खरानी घसेर हिंडने , बाघको छाला ओढ्ने भेष भएका महादेवलाई ज्वाईं बनाउन चाहदैनथे । एक दिन नारद पर्वतराज हिमालयका दरवारमा आएका वेला राजाले पार्वतीको वरका विषयमा चिन्ता व्यक्त गरे र नारदले उपयुक्त वर भगवान विष्णु हुने सल्लाह दिए । पार्वतीले आफना सखीहरुसाग आफनो समस्या बताइन् र सखीहरुले पार्वतीलाई लुकाउने निधो गरे । पार्वतीले लुकेकै ठाउामा बालुवाको शिवलिङ्ग बनाई महादेव पति पाऊा भनी नित्य कठोर व्रत लिई पूजा गर्न थालिन् र महादेव प्रसन्न भई दर्शन दिए र पार्वतीले आफनो मनोकांक्षा बताइन.र महादेवले तथास्तु भनी वचनसमेत दिए र विवाह सम्पन्न भयो । आलिका नाम गरेकी सखीले पार्वतीलाई भगाएर लुकाउन लगेकीले हरत  आलिका अर्थात आलिकाले हरण गरेको भन्ने अर्थमा हरितालिका तीज भन्ने चलन चलेको कथन छ । 

 

यसरी यस पर्वलाई धार्मिक एवं साास्कृतिक तरिकाले मनाउने गरिएकोले यसको जगेर्ना भएको छ भने पछिल्लो समयमा आएर तीज नमनाउने समुदायले पनि यसको महत्वलाई बुझि तीज मनाउन थाल्नुले यसले साास्कृतिक आदानप्रदानमा पनि टेवा पुरयाएको पाइन्छ । 

२. सामाजिक पक्ष – 

                   तीज एक सामाजिक पर्व हो । माइतीले विवाह गरेर पतिका घरमा गएका चेलीलाई आमन्त्रण गरी दर खुवाई परिवारका सदस्यहरु भेला भई नाचगान गर्ने र सुखदुखका कुरा आदानप्रदान गरिने हुादा यसले सामाजिक महत्व राख्दछ । मूलत ग्रामिण भेगमा यो समयमा खेतीपातीको काम पनि सकिने हुादा आफना चेलीलाई माइतमा डाक्दा केही थकाई मार्न पनि पाउने र सागै वसी सुखदुखका गफ पनि गर्ने अवसरको सिर्जन गर्नु पनि यो पर्वको सामाजिक विशेषता हो । सानै देखि सागै हुर्केका तर विवाह गरेर गएका चेलीहरु एकैचोटि माइतीमा भेला भई एकआपसमा गफ गर्न पाउादा उनीहरु बीच हुने अन्तरक्रियाले सामाजिक जीवनमा सकारात्मक तरङ्ग ल्याउाछ र आपसी सम्बन्ध र मायाममतालाई अझ कसिलो बनाउाछ । चेलीहरुले दैनिक कामवाट एक दिन मात्र भएपनि छुटकारा पाउाछन् । 

 

तीजसाग जोडिएको अर्को सामाजिक पक्ष भनेको यसमा खाइने दर, लगाउने बस्त्र एवं गरगहनाको प्रदर्शन हो जसलाई सामाजिक हैसियतसाग जोडेर हेर्न थालिएको छ जुन सकारात्मक कुरा हैन । गरगहना धेरै लगाएर बाहिर निस्कादा चोरी लुटपाट हुनसक्ने, हराउन सक्ने र यसले निम्त्याउने द्वन्द एक ठाउामा छ भने सामाजिक स्तरीकरणको विभेदकारी परिभाषालाई स्थापित गराउने खतरा अकोैपटि छ । तीजमा गाइने गीतमा सासुबुहारीविचको सम्बन्ध र गुनासोलाई पनि व्यक्त गर्ने गरिन्छ जसले उनीहरुलाई सच्चिन पनि टेवा पुरयाउाछ । एकआपसमा नाचगान गरि मनाइने यस पर्वले मूलत सामाजिक सदभाव र मेलमिलापलाई नै जोड दिएको देखिन्छ । 

३. आर्थिक पक्ष – 

   मीठो खाने र राम्रो लाउने आम मानिसकै चाहना हो । त्यसमा पनि राम्रो बस्त्र लाउने, श्रृगार पटार गर्ने , गरगहना लाउने नारीहरुको प्राकृतिक चाहना नै हो । वर्षको एकफेर आउने तीजमा त एकजोर राम्रो कपडा र अलिअलि सुन जोडौ भन्ने चाहना नेपाली नारीहरुमा रहेको पाइन्छ । त्यसैले तीज पर्वले बजारको गतिशिलतालाई पनि बढाउने गर्दछ र आर्थिक कारोवारमा वृद्दि गराउाछ । तीजको बेलामा बस्त्रालय, सुन पसलमा लाग्ने गरेको भीडले पनि यसलाई दर्शाउाछ । दर खुवाउनको निम्ति गरिने किनमेलले बजारमा सकारात्मक प्रभाव पार्ने गर्दछ । 

   

पछिल्लो समयमा बढदै गएको आधुनिकीकरण एवं सहरीकरणले तीज पर्वमा अस्वाभाविक रुपमा बढाएको आर्थिक तरङ्गको भने बेग्लै विश्लेषण हुनु आवश्यक छ । मूलत सहरी क्षेत्रमा पछिल्ला वर्षहरुमा तीज आउनुभन्दा एक महिना अगाडि देखिनै क्यालेण्डर नै बनाएर यो दिन यसको घरमा त्यो दिन यसको घर तीजको भोज छ भन्दै नारीहरु  हिडने गरेको पाइन्छ । तीजको नाममा भव्य भोजहरु आयोजन ा गर्ने र उपहार समेत आदानप्रदान गर्ने परिपाटी विकसित हुादै गएको छ । अनि यस्ता भोजमा आफनो मौलिक तीजमा नाचगान नगरी विश्वव्यापिकरणको असर स्वरुप हिन्दी र पाश्चात्य गीत संगीतमा रमाउने गरेको देखिन्छ र आफूलाई आधुनिक देखाउने भ्रम पनि सृजना गरिएको देखिन्छ । कालान्तरमा कतै मौलिक गीतसंगीत खतरामा पर्ने त हैन भन्ने समस्या पनि उव्जिएको छ ।  यसलाई तीज पर्वलाई गरिएको सहरीकरण वा व्यापारिकरण भन्न सकिन्छ । यसरी तीजलाई भडकिलो र हुनेखानेको मात्र चाड बनाउने दुष्प्रयास पनि भइरहेको छ । यसले विपन्न समुदायमा ऋण काढेर भएपनि भोज खुवाउनुपर्ने सामाजिक वाध्यता उत्पन्न गराएको छ र यस्तो भोजलाई इज्जत र प्रतिष्ठासाग पनि जोडेर हैसियतको तुलना गर्न थालिएको छ  जुन अत्यन्तै विकृतरुप हो । सम्पन्न र विपन्न वर्गविच खाडलको निर्माण गर्न पनि तीज पर्वको दुरुपयोग हुनथालेको छ । यसले दिने आर्थिक एवं मानसिक एवं सामाजिक तनावले कतै अप्रत्यक्षरुपमा भ्रष्टाचारलाई पनि प्रोत्साहित गरेको देख्न सकिन्छ । 

    विवाह गरेको साल दुलही पक्षले आफनो छोरीको घरमा गई परिवारका सदस्यहरुलाई दर खुवाउनुपर्ने र सासुलाई गहना एवं वस्त्र दिनुपर्ने प्रचलन भित्रयाएर आर्थिक बोझ थप्ने र शोषण गर्ने र सामाजिक सम्बन्धलाई पनि व्यापारिकरण गरि विकृत पारिदै लगेको देखिन्छ । यसो नगरेमा तेरो माइती यस्ता र उस्ता भनेर बुहारीलाई मानसिक तनाव दिने गरेको पाइएको छ । यसले सामाजिक सम्बन्धहरुमा हुने आथिक चलखेललाई पनि प्रष्ट पार्दछ । 

   सहरी क्षेत्रमा तीज महोत्सवकै नाममा व्यापारिहरुले संगठितरुपमै मेला आयोजना गर्न थालेका छन् र नारीहरुलाई आकर्षित गरी विभिन्न गरगहना, श्रृगार पटारका सामान, वस्त्र आदिको विक्री वितरण गरी आर्थिक उपार्जन पनि गर्न थालिएका छन् । यसले व्यापारीहरु कसरी सुनियोजित तरिकाले सामाजिक पर्वहरुलाई बजारिकरण गर्छन र आर्थिक शोषण गर्छन भन्ने दर्शाउाछ । व्यापारलाई भावनासाग जोडेर पर्वहरुलाई विकृत पार्न कतै व्यापारीहरुको सञ्जाल नै सक्रिय त छैन भन्ने प्रश्न पनि टडकारोरुपमा उव्जिएको छ । 

४. मनोवैज्ञानिक पक्ष – 

               लैङ्गिक पक्षको कुरा गर्नुपर्दा सामाजिक मनोवैज्ञानिक जिन पिजेलको ऋयनलष्तष्खभ मभखभयिऊभलत तजभयचथ सान्दर्भिक देखिन्छ । उनका अनुसार परिवारमा आमा अथवा बावुको क्रियाकलाप हेरेर बच्चाहरुले मैले यो गर्नु पर्ने रैछ जस्तै आमाले भात पकाएको देखेर छोरीले भात पकाउनु पर्ने रैछ , बावुले पत्रिका पढेको देखेर छोराले पढनुपर्ने रैछ भनेर मनोवैज्ञानिक रुपमा सिक्ने गर्दछ । यसै गरि तीजको सन्दर्भमा पनि सानैदेखि आमा तथा अन्य महिला सदस्य व्रत वसेको देखेर मैले नि व्रत वस्नुपर्छ अन्यथा राम्रो वर नपाइने हो कि भन्ने मनोवैज्ञानिक प्रभाव कन्याहरुमा परेको देखिन्छ । विवाहितमा भने पतिको दिर्घायुको लागि व्रत वसिन भने समाजले केही भन्लाकि वा केही भइहाल्ने पो हो कि भन्ने मनोवैज्ञानिक त्रासले पनि काम गरेको देखिन्छ । तीजमा राम्रो खान पाए हुन्थ्यो , गहना किन्न पाए हुन्थ्यो , राम्रो लाउन पाए हुन्थ्यो भन्ने मनोविज्ञानले पनि प्रोत्साहित गर्दछ । सो आवश्यकता पूर्ति हुन नसक्दा मनोविज्ञानमा पर्ने प्रभाव अनि कतै म अरुभन्दा तल पर्छु कि कमजोर देखिन्छु कि भन्ने मनोविज्ञानको पनि नारीहरु ग्रसित देखिन्छन् । यस्ता कुराहरु उनीहरुले तीजमा गाउने गीतहरुमा पनि छरपष्टरुपमा अभिव्यक्त भएको पाउन सकिन्छ । 

५. लैङ्गिक पक्ष – 

   तीजमा असल पति पाऊा तथा पतिको लामो आयु होस् भनी गरिने उपवासले नेपाली नारीहरु पुरुषहरुप्रति कत्तिको प्रेम, सदभाव एवं आदर राख्दछन् भनी प्रष्ट पार्दछ । उनीहरु भगवान महादेवलाई आफनो पतिको प्रतिक मानी विभिन्न शिवालयमा गई पूजा अर्चना तथा कामना गर्दछन् । आफूलाई जतिसुकै आधुनिक ठान्ने नारीहरुले पनि शिवलिङ्गको पूजा गरेको पाइन्छ । यसलाइै लैङ्गिक दृष्टिकोणबाट हेर्दा कतै नेपाली नारीहरु पुरुषको पूजा गर्नु नै आफनो धर्म त ठान्दैनन् भन्ने पनि देखिन्छ र अप्रत्यक्ष रुपमा पुरुषहरुको पुजा गर्ने वानीले उनीहरुको पुरुषप्रतिको निर्भरतालाई पनि दर्शाउाछ चाहे त्यो धर्म या संस्कारकै नाममा गरिएको किन नहोस् । पुरुषहरुको लागि चाहि नारीहरुको हितको लागि व्रत वस्नुपर्ने प्रचलन सामाजिक या धार्मिक रुपमा किन व्यवस्था गरिएन ।कतै यसले पनि पुरुष ठूलो र नारी सानो भन्ने विभेद र असमानता अथवा नारीमाथि अन्याय गरिएको त हैन भन्ने छनक पनि दिन्छ । 

 

पहिला नारीहरुको स्वरमा मात्र तीजका गीतहरु सुन्न पाइन्थ्यो तर आजकाल गीतमा पुरुषहरुको पनि स्वर सुन्न थालिएको छ जसले नारी पुरुषको सहयात्रा तथा समायोजनको खााचो रहेको प्रतिविम्वित हुन्छ । तर झण्डै बजारमा निस्केका ९८ प्रतिशत गीतहरुका सर्जक पुरुषनै हुनुले नारीहरुको पहुाच नपुगेको र नारीका वास्तविक आवाजहरु मुखरित हुननसकेको देखिन्छ । 

६. शारीरिक /स्वास्थ्य पक्ष – 

 भोलिपल्ट निराहार व्रत वस्नुपर्ने हुादा दर खानेदिनको मध्यरातसम्म पनि दर खाने आदतले अपच भई कैयौ नारीहरु विरामी भई अस्पतालनै भर्ना हुनुपर्ने स्वास्थ्यस्थिती पनि पैदा हुने गर्छ । त्यसैले आफ्नो क्षमताअनुसार मात्र दर सेवन गर्नु तीजमा उपयुक्त हुन्छ । ग्याष्ट्रिक भएकाहरुले चिल्लो बढी सेवन गर्दा थप जटिलता उत्पन्न हुने र व्रतको वेला खाली पेट वस्दा अम्लिय पदार्थ पैदा भई समस्या गराउन सक्छ । दिनभर पानी नपिउनाले शरीरमा पानीको मात्रा कम भई रिंगटा लाग्ने, नाचगान गर्दा शरीर थाकी थप कमजोर भई बेहोस भई लडने र उच्च रक्तचाप भएका विरामीमा जटिल समस्या हुनेतर्फ जोड दिई आफनो स्वास्थ्यलाई ख्याल गरि व्रत वस्नु वुद्धिमानी हुनेछ । पछिल्लो समय त झन एक महिना अघि देखि तीजको दर खाने चलनले शारिरीक असन्तुलन विगारी तीज अघि नै अस्पताल भर्ना हुनुपरेको पनि देखिन्छ , यसतर्फ पनि नारीहरु सचेत हुनुपर्छ । त्यसैले व्रत वसेको दिन पानी एवं फलफूलको सेवन गर्नु स्वास्थयको लागि सवै तीज मनाउने नारीहरुलाई हितकारी हुनेछ । 

७. साागितीक पक्ष – 

 तीजमा गरिने नाचगानले सामाजिक वातावरणलाई तरङ्गित र आहलादित गराउने गर्दछ जसले सामाजिक एकता र मेलमिलापको अवस्थालाइै चिनाउाछ । गीतसागीतकै माध्यमबाट भएपनि चेलीहरुले आफना सुखदुख अभिव्यक्त गर्ने मौका पाऊाछन् र आफु मुक्त भएको अनूभुति पनि गर्दछन् । तीज नारी मुक्तिको पर्व पनि हो भन्न सकिन्छ । पछिल्लो समय बजारमा बढेको तीजका गीतहरुको व्यापारले यसको आर्थिक महत्व पनि झल्किन्छ र तीजका गीतमा पाइन थालेको नारी पुरुषको दोहोरीले नारीपुरुष एकताको सन्देश पनि दिएको छ । केही गीतमा सामाजिक विकृतिलाई पनि प्रश्रय दिने खालको भाव पाइन्छ जसलाई निरुत्साहित गर्नु जरुरी छ । अन्यथा गीत मार्फत व्यक्त भइरहेको सामाजिक एवं राजनीतिक चेतनाले नेपाली नारीहरु पनि अघि बढदै गएको सन्देश प्रवाह गरेको छ । गीत सागीतले दिने मनोरञ्जनको त आफनै महत्व छादैछ । 

 

गीतमा व्यक्त हुने सासुवुहारी विचको कटाक्षले यिनीहरु सम्वन्धको नयाा परिभाषा गरिनुपर्ने माग गर्दछ जसले सम्वन्ध सुधार्न र सन्तुलित पार्न भूमिका खेल्न सक्छ । त्यसै तीजको साागितिक पक्ष पनि एउटा महत्वपूर्ण पाटो हो भन्न सकिन्छ । 

यसरी मथि उल्लेखित विभिन्न पक्षहरुलाई गहनरुपमा विश्लेषण र मनन गरि तीज पर्वको  महिमा र मौलिकतालाई आत्मसाथ गर्दै परम्पराको रक्षा र आधुनिकीकरणको समयसापेक्ष अवलम्वन गर्न  सके यो पर्व वास्तविक अर्थमै नेपाली नारीहरुको लागि महान सावित हुनेछ । यस पर्वका मर्महरु बुझदै , संस्कूतिको रक्षा गर्दै र विकृतिलाई पन्छाउादै यसको पवित्रतालाई रक्षा गर्न सक्नु मै नेपाली हिन्दू नारीहरुको खुसी प्रसारित हुन सक्छ र यसले समाजमा सकारात्मक प्रभाव पनि पार्नेछ । सम्पूर्ण तीज मनाउने नारीहरुलाई हरितालिका तीजको शुभकामना । 

Facebook.com/abeeralthapa

Twitter@abeeralthapa

प्रकाशित :भाद्र ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्