गहना तथा एसेसरिज

- साप्ताहिक संवाददाता

भाद्र ४, २०७४

सोर्‍हशृंगारले सजिएर हिँड्ने यो मौसममा महिलाहरू छड्के तिलहरी, रातो, गोल्डेन तथा हरिया रंगका नयाँ–नयाँ डिजाइनर पोते लगाउन चाहन्छन् । अहिले बजारमा दर्जनौं डिजाइनका पोते उपलब्ध छन् । अहिले नौगेडी, जन्तर, तायोदेखि पाँच गेडीका तिलहरीसमेत फेसनमा छ ।

महिलाहरू तीजमा रातो सारी वा कुर्तामा हरियो तथा रातो अथवा हरियो मिक्स पोते लगाएर हिँड्न मन पराउँछन् भने टाउकोमा चन्द्रमा, विभिन्न फूलको सेपका क्लिपहरू लगाउँछन् । तीजका अवसरमा टिनएजरहरू फेन्सी एसेसरिज बढी रुचाउँछन् । दुलहीजस्तो सजिने हुँदा धागो, चुरा, गहना, इयररिङ, औंठी तथा बालाहरू पनि तीजमै बढी लगाइन्छ ।  

 

प्रकाशित :भाद्र ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्