तीजको मेकअप

- साप्ताहिक संवाददाता

भाद्र ४, २०७४

 

तीजमा ट्रेन्डी तर हल्का मेकअप नै राम्रो देखिन्छ । यो समय वाटरप्रुफ मेकअपमा न्युड मेकअप उपयुक्त हुन्छ । न्युड मेकअप गर्दा दिनभरि सुन्दर देखिनुका साथै फेस्टिभ लुक्स पनि प्राप्त हुन्छ । भोकै नाच्दा यस्तो वाटरप्रुफ मेकअप बग्न नपाई जस्ताको त्यस्तै रहन्छ । 

 

के गर्ने ?

अनुहार क्लिन्ज गर्ने र सनब्लक, डे क्रिम वा मोइस्चराइजर लगाउने । 

 

 छालाको टोनअनुसार फाउन्डेसन लगाउने । 

 

 ब्रसको मदतले पाउडर लगाउने । 

 

 पाउडर आँखा वरिपरि पनि राम्रोसँग लगाउने । 

 

 आइब्रोलाई स्याडो ब्रसले हल्का ब्ल्याक कलर लगाएर सेप दिने ।

 

 आइस्याडो लगाउँदा आइब्रो मुनि हल्का पहेंलो वा गोल्डेनले हाइलाइट गर्ने ।

 

 आई बलमा गाढा र आइ कर्नरमा बढी गाढा रंगको स्याडो लगाउने । 

 

 बीच भागतिर रेड र ग्रीन स्याडोले हाइलाइट गर्ने । 

 

 मस्कारा प्रयोग गर्दा परेलाको रंग अनुसार ब्ल्याक वा ब्राउन भोल्युुम मस्कारा प्रयोग गर्ने । 

 

 आईलाइनर प्रयोग गर्दा आँखाको भित्रबाट बाहिरतिर मसिनो हुँदै मोटो बनाउने । 

 

 गालाको बोनलाई भन्दा तल हल्का पिंक कलरको ब्लसर लगाउने र चमक प्रदान गर्न ब्रोन्जर लगाउने । 

 लिपिस्टक लगाउनुअघि अनुहारमा लगाइएको फाउन्डेसन वा कन्सिलर ओठमा हल्का रूपमा दल्ने । 

 

 त्यसपछि लिपिस्टिक वा लिप ग्लस लगाउने । 

 

 ओठलाई थप आकर्षक देखाउन लिपिस्टिक लगाएपछि हल्का गोल्डेन कलरको टच दिने ।

 

                                    - लक्ष्मी श्रेष्ठ, 

                          पल्स ब्युटिपार्लर, इन्दचोक

प्रकाशित :भाद्र ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्