तीजमा ड्रेस टिप्स

- राधिका अधिकारी

भाद्र ४, २०७४

 

 तीजमा विशेष गरेर गाउन, लेहङ्गा, अनारकली, कुर्ता तथा सारीको माग हुन्छ ।

 

 तीजका लागि फिक्स (पहिले नै स्टिच गरिएको) सारी ठिक हुन्छ । किनभने यस्तो सारी जति नाचे पनि फुस्कने डर हुँदैन ।

 

 टिनएजका अविवाहित युवतीहरूले लेहङ्गा, कुर्ता तथा अनारकली लगाउन सक्छन् ।

 

 विवाहितहरूको हकमा भने सारी नै उपयुक्त हुन्छ ।

 

 कालो वर्णका महिलाहरूले पहिरन छान्दा हल्का र उज्यालो रंग छान्नुपर्छ ।

 

 तीज भन्नासाथ रातो पहिरन नै लगाउनुपर्छ भन्ने छैन । रातो रंगका साथै अरू हल्का र उज्यालो रंगका

पहिरन पनि प्रयोग गर्न सकिन्छ । 

 

 तीजमा छमछम नाच्ने, मन्दिर जाने अर्थात् रमाइलो गरिने भएकाले लच्किने अर्थात फ्याक्सेबल डिजाइनका पहिरन नै उपयुक्त हुन्छन् ।

 

हेमा श्रेष्ठ

हेमाज बुटिक, नक्साल 

प्रकाशित :भाद्र ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्