कोसीको ढोकामा राष्ट्रवाद

- साप्ताहिक संवाददाता

भाद्र २, २०७४

Baburam Bhattarai@brb1954

तराईमा बर्सेनि हुने बाढी/डुबानले ल्याउने त्रासदीको दीर्घकालीन हल गर्न चुरे संरक्षणमा जोड दिँदै नदीहरूको तटबन्धन युद्धस्तरमा गरौं । छिमेकी अर्घेलो रोकौं । 

Ananta Koirala@anantabrt

भएका खोला–खोल्सा पुरेर प्लटिङ गरी घर बनायो, पानीको निकास थुन्यो, अनि सुर्खेतमा बाढी आए पनि कोसीको ढोकामा राष्ट्रवाद खोज्यो । 

Khagendra Sangroula@belakoboli

बाढी–पहिरोको यो आपतकालमा सेना–प्रहरीले साहस, युवाले हात, धन हुनेले धन, वचनमा ओज हुनेले वचन तथा केही नहुनेले मंगलकामना प्रदान गर्ने बेला हो । 

पूजा ढकाल@poojadhakalbara

मानवीय क्षति कम भए पनि २०७२ सालको भूकम्पभन्दा दसौं गुणा बढी क्षति भएको छ बाढी–पहिरोले । 

Sunil Chamling@soonlicmr73

बाढी–पहिरोले जति गर्नु गरिसक्यो, अब राहत र उद्दारको गति बढाउँदै हैजा तथा महामारी जस्ता सम्भावित विपद व्यवस्थापनमा जुटौं । 

ऋषि बराल@RishiBarals

बाढी–पहिरो तथा भूक्षयको कारक चुरे दहन हो । कोसी ब्यारेज, गण्डक बाँध त केवल आपतकालीन तत्व हुन्, त्यसैले दीर्घकालीन समाधानका लागि चुरे संरक्षण गरौं । 

Prakash Regmee@regmee_prakash

बाढी र पहिरोको प्राकृतिक विपत्तिले घेरेको छ हामीलाई । समस्या हामी जनताको हो, नेताको होइन । त्यसकारण हामी सबै मिलेर एक–अर्कालाई सहयोग गरौं । 

लम्फु@raj_kanxo

देशमा बाढी–पहिरो समस्या बनेको छ । जब बाढीले क्षति गर्छ तब चारैतिर त्यसको चर्चा हुन्छ । बाढी कम भएपछि चर्चा पनि कम हुँदै जान्छ, अर्को साल दोहोरिने गरी । 

बुद्धि पाण्डे@buddhipandey4

बाढी–पहिरो पीडितलाई सरकारले तत्काल राहतस्वरुप पैसा त बाँड्छ तर दीर्घकालीन समाधानका उपाय अबलम्बन नगर्दा प्रत्येक वर्ष एउटै समस्याले पिरोलिरहन्छ । 

Bharat Bhusal@bbnbhusal

देशभर भैरहेको बाढी–पहिरोको घटनाले दु:खी बनायो । प्रकृतिले पनि हामी नेपालीहरूलाई नै कति पीडा दिन सक्या हो कुन्नी । 

श्री मामाश्री@dp_neupane

नेपाल बाढी–पहिरोमा फसेको छ । एक–अर्कासँग हातेमालो गर्दै यो विकराल परिस्थितिको सामना गरौं । 

Ram Sharan Mahat@ramsmahat

अविरल वर्षाबाट जताततै बाढी–पहिरो । आपतविपत अनि रोदनको दु:खद् समाचार । पीडितहरूलाई आ–आफ्नो ठाउँबाट सक्दो मानवीय सहयोग पुर्‍याऔं । 

डा.एलिया अर्याल@aryalaliya

ज्यानको प्रवाह नगरी जनताको ज्यान–धनको सुरक्षार्थ अहोरात्र खटिने सम्पूर्ण सुरक्षाकर्मीलाई सलाम, यो बाढी–पहिरोको आपतविपद्मा जनताको साथी बनिदिनुहोस् । 

प्रकाशित :भाद्र २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्