रेडक्रसको विपद् एप

- साप्ताहिक संवाददाता

भाद्र २, २०७४-

आकस्मिक रूपमा हृदयघात हुन लाग्यो, कसरी पहिचान गर्ने ? त्यसबाट तत्काल कसरी जोगिन सकिन्छ ? यी र यस्तै विभिन्न रोगका प्रश्नका प्राथमिक उपचारको खोजी गर्दै नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार मोबाइल एप्लिकेसन एप तयार पारेको छ । 

उक्त एपमा एलर्जी, दमको रोग, रक्तचाप, हाड भाँचिएको, पोलेको, मधुमेह, घाँटीमा केही अड्किँदा कसरी व्यवस्थापन गर्ने, तनाव, टाउको लगायत शरीरका अन्य भागमा लागेका सामान्य चोटपटक, अत्याधिक कठ्यांग्रिदा कसरी जोगिने, छारेरोग, मेनिन्जाइटिस, बेहोसी, मस्तिष्कघात, सर्पले डसेको अथवा टोकेको बेला गर्नुपर्ने प्राथमिक उपचारका उपायहरू समेटिएको छ । 

भूकम्प, आगलागी, बाढी, फ्लुको प्रकोप, तातो हावा, डढेलोजस्ता तत्काल विपद्मा आकस्मिक रूपमा कसरी आफूलाई सामना तथा प्रतिरोध गर्नसक्ने बनाउने भन्ने विषयमा पनि उक्त एपमार्फत जानकारी प्राप्त गर्न सकिन्छ ।

यो एपलाई गुगल प्ले स्टोरमा प्राथमिक उपचार नेपाल रेडक्रस एप्लिकेसन डाउनलोड गरेपछि बिना इन्टरनेट पनि पढ्न, हेर्न तथा सुन्न सकिन्छ । यो एपमा प्राथमिक उपचार, यसका प्रशिक्षणका विधि, विपद् प्रतिरोध, जोगिने उपाय, रक्तदान, विपद्का समयमा उद्धार, खोजमा जुट्न, सोसाइटीका मानवीय सेवा आदि क्षेत्रका बारेमा पनि जानकारी उपलब्ध छ । प्राथमिक उपचार, यसको ज्ञान एवं सीप प्रवद्र्धन गर्न नेपाली भाषाको यो एप्लिकेसन तयार गरिएको बताइएको छ ।

 

प्रकाशित :भाद्र २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्