को १ छ, छ १ छ

- साप्ताहिक संवाददाता

भाद्र २, २०७४-

संगीतकार रोशनराज थापाको कथा तथा निर्देशनमा तयार भएको नाटक ‘को १ छ, छ १ छ’ अनाम नगरस्थित मण्डला नाटकघरमा मञ्चन भैरहेको छ । यो नाटकमा छोटो दूरीको कुनै यात्राका क्रममा एउटी युवतीलाई देखेपछि एउटा युवकमा सिर्जना हुने मानसिक उथलपुथललाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ ।

नाटकमा अमृत ढुंगाना तथा निशा कार्कीको प्रमुख भूमिका छ भने सहायक कलाकारहरूमा आयान खड्का, रियर राई, रोहित पौडेल आदि छन् । नाटक ‘को १ छ, छ १ छ’ भदौ १७ गतेसम्म मञ्चन हुने बताइएको छ ।

 

प्रकाशित :भाद्र २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्