खाना : जीवन, स्वास्थ्य र रमाइलो

- साप्ताहिक संवाददाता

भाद्र १, २०७४-

खानाको महत्वमाथिको शीर्षकले नै जनाइसकेको छ । यहाँ प्रस्तुत तस्बिरमा पनि त्यही देख्न पाइन्छ । राष्ट्रिय फुटबल टिमका सदस्य भरत खवास नेपाली सेनामा छन् । खवास तालिमका क्रममा भोक मेट्न खाना तयार गर्दैछन् भने फुटबलर अनिल गुरुङ, विराज महर्जन तथा विकास श्रेष्ठ कुनै रेस्टुराँमा रमाइलोका लागि खाँदैछन् ।

तेक्वान्दो खेलाडी संगिना वैद्य आफूभन्दा कान्छी तेक्वान्दो खेलाडीसँग प्रेम दर्साउन कुनै रेस्टुराँको टेबलभरि खाना लिएर बसेकी छिन् । भलिबल सुन्दरी सिपोरा गुरुङ भक्तपुरको जुजु धौमा रमाइरहेकी छिन् । क्रिकेटर सोमपाल कामी समुद्री तटमा फ्रुट सलाद खाने तयारीमा छन् भने कराँते खेलाडी दिवस श्रेष्ठ म्याकडोनाल्डको बर्गर र ड्रिंक्समा रमाइरहेका छन् । क्यानाडामा सञ्चालित कुनै प्रतियोगितामा सहभागिता जनाउन पुगेकी एथलेटिक्सको लामो दूरीकी धाविका कान्छीमाया कोजु पुराना प्यारोडी गायक रतन सुवेदीसँग डिनर टेबुलमा बसेर सामूहिक तस्बिर खिचाइरहेकी छिन् । 

तेक्वान्दो खेलाडी तथा प्रशिक्षक दीपक विष्ट काठमाडौंको एउटा रेस्टुराँमा आफ्नी जीवनसंगिनीलाई आफ्नै हातले खाना ख्वाइरहेका छन् । उनीहरूको यो तस्बिरले फेसबुकमा थुप्रै लाइक समेत पाइरहेको छ । 

 

प्रकाशित :भाद्र १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्