शिवको नाँच्दै खेल्दै सार्वजनिक

- साप्ताहिक संवाददाता

श्रावण ३२, २०७४-

लामो समय नेपालमा सञ्चारकर्मी भएर काम गरेका हाल बेलायत बस्दै आएका शिव तिवारीको शब्दमा बाल गीत सार्वजनिक भएको छ । साना छोरा छोरी सहित केहि वर्ष अघि बेतायत पसेका शिवले नेपाली भाषा छोराछोरीले नर्बिसिउन भन्नका खातिर गीत संगीतको माध्यम बनाएको बताएका छन् । उनले लेखेको बालगीत उनकी छोरी शुभेक्षा तिवारीले गाएकी छिन् । ‘नाँच्दै खेल्दै’बोलको बालगीतमा संगीतकार सन्तोस श्रेष्ठले संगीत गरेका छन् । 

तिवारीले  आफ्ना शब्दहरु मार्फत स्वदेशी माटोको सुगन्धमा बालापन मिसाउँदै नेपालको प्राकृतिक सुन्दरताको खुलेर प्रसंशा गरेका छन । आफू हुर्के बढेको गाउँ, नदि–नाला, हिमाल–पहाड, चरा–चुरुङिहरुसँग रमाइरहेको अनुभुती गी सुन्ने हर कसैले गर्न सक्छ । गीतले नेपाली चाडपर्वको पनि स्मरण गराउछ । 

नाँच्दै खेल्दैको म्यूजिक भिडियो 

प्रकाशित :श्रावण ३२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्