रगतसम्बन्धी केही तथ्य

- साप्ताहिक संवाददाता

श्रावण ३२, २०७४-

 

 

 शरीरिक तौलको झन्डै ७ प्रतिशत तौल रगतको हुन्छ । 

 

 रातो रगतमा पहेंलो तरल पदार्थ मिसिएको हुन्छ जसलाई रक्त प्लाज्मा भनिन्छ ।

 

 रगतमा हुने रातो र सेतो रक्तकोषलाई प्लेटलेट्स भनिन्छ ।

 

 शरीरमा अक्सिजन पुर्‍याउने काम रगतमा भएका राता रक्तकोषले मात्र गर्छन् । 

 

 राता रक्तकोषमा हेमोग्लोविन हुन्छ, जसमा आइरनको मात्रा हुन्छ । अक्सिजनमा आइरन मिसिएर त्यसको रंग रातो हुन्छ । 

 

 रगतमा हुने श्वेत रक्तकोषले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । विशेष गरी शरीरमा विभिन्न खालका भाइरस, ब्याक्टेरिया तथा अन्य रोगहरू लाग्दा श्वेत रक्तकोषले त्यसको प्रतिरोध गर्छ । 

 

 रगतमा हुने प्लेटलेट्सले दुर्घटना वा कुनै कारणले चोटपटक लाग्दा बग्ने रगतलाई चाँडोभन्दा चाँडो रोक्ने काम गर्छ । 

 

 रगतले शरीरका विभिन्न भागमा अक्सिजन पुर्‍याउनुका साथै शरीरलाई चाहिने शक्ति पनि उपलब्ध गराउँछ भने शरीरलाई नचाहिने तत्वहरूलाई सेलको माध्यमबाट निकाल्छ । 

 

 एउटा वयस्क मानिसको शरीरमा १ लाख किलोमिटरदेखि ६० हजार माइल्ससम्म ब्लड भ्यासल्स कुदिरहेको हुन्छ ।

 

 एउटा वयस्क पुरुषको शरीरमा ५ दशमलव ६ लिटर रगत हुन्छ भने वयस्क महिलाको शरीरमा ४ दशमलव ५ लिटर रगत हुन्छ । 

 

 भर्खरै जन्मिएको शिशुको शरीरमा जम्मा १ कप रगत हुन्छ । 

प्रकाशित :श्रावण ३२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्