सुरु भयो ‘समर लभ’को छायाँकन

- साप्ताहिक संवाददाता

श्रावण ३१, २०७४- 

युवा पुस्ताले निक्कै रुचाएको सुविन भट्टराईको चर्चित उपन्यासमाथि बन्न लागेको चलचित्र ‘समर लभ’को छायांकन सुरु भएको छ । यो चलचित्रको सोमबारबाट छायांकन सुरु गरिएको हो । आशिष पिया र रेवती क्षेत्रीको मुख्य भूमिका रहने चलचित्रको घोषणा भने केहि समय अघि नै गरिएको थियो । चलचित्रमा मुस्कान ढकालको निर्माण तथा निर्देशन रहने छ ।

चलचित्रमा आशिष र रेवतीका अलावा नम्रता सापकोटा, शिशिर भण्डारी लगायतको अभिनय रहनेछ । चलचित्रको छायाँकन काठमाडौं, पोखराका साथै नर्वेमा पनि गरिने निर्माण पक्षले जनाएको छ । ‘समर लभ’मा संबाद र पटकथा सामिप्य राज तिलाम्सिना, संगीत पुष्पन प्रधान को रहनेछ भने छायांकन सन्जय लामाको रहेको छ । 

प्रकाशित :श्रावण ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्