रगत दिनेलाई प्रेम गर

  • सामाजिक सञ्जालबाट

- साप्ताहिक संवाददाता

श्रावण ३१, २०७४- 

सुनिल श्रेष्ठ : रगत–पसिनाको सात महिनाको तलब माया मारेर ज्यान जोगाउँदै १० नेपाली स्वदेश फर्किए । 

सन्तोष पास : रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको र मेरो जन्मदिन पनि परेकाले आज रक्तदान गरियो । 

मगर पहिचान ग्रुप : 

मायाबिनाको संसार र रगत नभएको जीवन शून्य हुन्छ ।

अनिल वाग्ले 

पति : कहाँ गएकी थिइस्, यतिबेरसम्म ? 

पत्नी : रक्तदान गर्न ।

पति : मेरो रगत पिउँदा–पिउँदा ओभरफ्लो भएर अब बाँड्न पनि थालिस् होइन ?

अञ्जु पन्त : मनले माया गरेको हुँ तिमीलाई, निर्दोष थियो मेरो मन किन दोष दिन्छ्यौ, न उसलाई काट्दा रगत आउँछ न त मारेर मर्छ । 

 

जीवन आचार्य : खान्छ मेरो, बनाउँछ रगत मेरै लागि, छातीमा जतनसँग जोगाएर राखेको छु हरेक क्षण तर धड्किन्छ चाहिँ अर्कैका लागि, गद्दार हो यो मुटु पनि ।

सुजन कार्की : मेरो रगत समूहको अभावका कारण यदि कोही अकालमा मरेको छ र म स्वास्थ्य बाँचिरहेको छु भने मलाई जेल हाल्नुहोस्, किनभने म अपराधी  हुँ  । 

सन्तु भट्टराई : युवाहरूको रगत–पसिनाको कमाइबाट भ्रष्टाचार गर्नेहरू यो स्वीकार्य छैनन् । 

नेपाली गजल :

हात काटेर रगत बगाउँदैमा माया हुँदैन

टाढा हुँदा पनि मनले मनको कुरा बुझ्छ भने त्यो माया हो ।

भरत अधिकारी :

रगत दिनेलाई प्रेम गर

आँसु दिनेलाई होइन

जीवन दिनेलाई प्रेम गर

धोका दिनेलाई होइन ।

रुद्र सुवेदी : रगतको साइनोभन्दा दिल र भावनाको साइनो नै ठूलो हुँदो रहेछ । 

निसान न्यौपाने : 

राम्रो मानिससँग राम्रो गर्नु

तर राम्रोसँग कहिल्यै नराम्रो नगर्नु, किनभने

पानीले रगत सफा गर्न सक्छ तर रगतले रगत कहिल्यै सफा गर्न सक्दैन । 

शरद कुमार

बुझ्दैन यहाँ कसैले कसैलाई

चाहे सम्बन्ध होस् दिलको वा रगतको । 

प्रकाशित :श्रावण ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्